भ्वाईस अफ नेपालका बिजेता राम लिम्बूलाई गृह नगरमा भब्य स्वागत, धन्यवाद दिन कोच प्रमोदका साथ टोल टोलमा जाँदै (हेर्नुहोस् भिडियो)
काठमाडौं । दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बू आज गृह नगर झापा आएका छन् । झापा आएसँगै उनलाई भब्य स्वागत तथा सम्मान गरिएको छ । उनी आज झापाका गाउँ टोल टोलमा गाडीबाट परिक्रमा गरिरहेका छन् । उनलाई झापावाशीलाई धन्यवाद तथा आभार दिने कार्यक्रम रहेको छ ।
रामसँगै रामका कोच प्रमोद खरेल,आमा भाई लक्ष्मण सहित गाउँटोलमा निस्कीएका हुन् । रामको पछाडी र्यालीमा हजारौंको सहभागीता रहेको छ ।


