वामदेवलाई पार्टीमा यी ३ अ धिकार दिने तयारी

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई मुख्य तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बनाउने गरी केन्द्रीय सचिवालयले स्थायी समितिमा विधान संंशोधन प्रस्ताव लैजाने भएको छ।

एक वर्षपछि २९ मंसिरमा बोलाइएको स्थायी समिति बैठकमा केन्द्रीय सचिवालयले प्रस्तावित उपाध्यक्षका तीन अधिकार हुने गरी विधान संशोधनको प्रस्ताव लैजाने गरी प्रस्ताव तयार पारेको हो।

पार्टी कार्यालय धुम्बाराहीमा २३ मंसिरमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने र विधानको प्रस्तावनाको केही नीतिगत अस्पष्टता सच्याउन विधान संशोधन गर्ने निर्णय गरेको थियो।

स्थायी समितिको तयारीका लागि २७ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्ष, दुई वरिष्ठ नेतापछिको मर्यादाक्रममा एक उपाध्यक्ष हुने र उसलाई मुख्य तीन अधिकार रहने गरी विधान संशोधनको प्रस्ताव गरिएको जानकारी दिए।

‘उपाध्यक्षका मुख्य तीन अधिकार रहने गरी विधानमा व्यवस्था गरिँदै छ,’ श्रेष्ठले भने, ‘मुख्यतः अध्यक्षको काममा सहयोग गर्ने, अध्यक्ष नभएको अवस्थामा बैठकको अध्यक्षता गर्ने र पार्टीले दिएका जिम्मेवारीहरू पूरा गर्ने तीन अधिकारको व्यवस्था प्रस्ताव गरिएको छ।’ यो खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।

यी हुन् वामदेवलाई दिन लागिएका ३ अधिकार
-अध्यक्षको काममा सहयोग गर्ने
-अध्यक्ष नभएको अवस्थामा बैठकको अध्यक्षता गर्ने
-पार्टीले दिएका जिम्मेवारीहरू पूरा गर्ने

यसअनुसार दुई अध्यक्ष केपी ओली, प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालपछि गौतम पाँचौँ वरीयतामा रहनेछन् । छैटौँमा श्रेष्ठ, सातौँमा ईश्वर पोखरेल, आठौँमा रामबहादुर थापा बादल र नवौँमा महासचिव विष्णु पौडेलको वरीयता यथावत् रहनेछ।

गत ३१ साउनको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय गरे पनि बैठक बसेको छैन । विधानमा उपाध्यक्षको व्यवस्था नभएकाले उनको प्रस्ताव अलपत्र थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖