रो हिंग्यालाई ह ट्न हप्ता दिनको अ ल्टिमेटम, उनीहरू भन्छन्,‘कहाँ जाने?’

काठमाडौं, मंसिर २८ । म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका छन्।

मंसिर १० गते कुशादेवी आइपुगेका उनीहरू सत्यराम थापाको जग्गामा छुट्टाछुट्टै टहरा बनाएर बसेका छन्।

‘उनीहरू आएको तीन दिनपछि मात्र शरणार्थी हुन् भन्ने थाहा थाहा पायौं, काम गर्न अनुमति पनि छैन रहेछ। नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिसकेका छौं,’ सत्यरामको भनइ उद्धृत गर्दै उनका भतिजा रामेश्वरले भने।

त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरू सत्यरामको सम्पर्कमा पुगेका थिए। खाली रहेको जग्गा भाडामा लागेर पैसा आउने भएपछि बस्न अनुमति दिएको सत्यरामका भतिजा रामेश्वरले बताए। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए।

‘यतिका संरचना बनाइसक्यौं, अहिले केके कुराले अप्ठ्यारो भयो भनेर हट्न भन्न थाल्नुभएको छ,’ युसुफले भने, ‘आफ्नो देश हैन, आफ्नो ठाउँ हैन, कहाँ जाने, के खाने केही टुंगो छैन।’

नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर)बाट शरणार्थी प्रमाणित उनीहरु काम नपाउने भएपछि अप्ठ्यारोमा परेको बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।