करोडपति सुब्बाहरू : जो परे अ ख्तियारको फ न्दामा

काठमाडौं, मंसिर २८ । सरकारले यसै वर्ष बढाएको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २ सय छ। अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर थोरै पनि बचत निकाल्नु आम सुब्बाका लागि सपना मात्रै हुन सक्छ। तर हजारमा तलब बुझ्ने केही सुब्बा करौडौंका मालिका भएका छन्।

काठमाडौंलगायत सहरकमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौं लगानी, बैंकमा अथाह बचत उनीहरूको आर्थिक धरातल हो। भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरू अख्तियराको चलनचल्तीको भाषामा ‘साना माछा’ हुन्। याे खबर अाजकाे नयाँ पत्रिकामा सुवास भट्टले लेखेका छन्।

३० वर्ष लामो जागिरे करिअरमा मदनकुमार गुप्तालाई मालपोत कार्यालयबाट कहिल्यै अन्यत्र सर्नुपरेन। व्यापक भ्रष्टाचार हुने मालपोत सधैँ मदनकुमारको रोजाइको अड्डा बन्यो। खरिदारका रूपमा २७ असार ०४७ देखि मालपोत कार्यालय मुस्ताङबाट जागिर सुरु गरेका उनी १७ वर्षपछि ०६४ मा मात्रै नायब सुब्बामा बढुवा भए। त्यसपछि मालपोत कार्यालय पर्सा सरुवा भएका उनी पछिल्लो समय बारा मालपोत पुगेका थिए।

अख्तियारका अनुसार मदनकुमारले कमाएको १९ करोडमध्ये चार करोड ५४ लाख मात्रै वैध आर्जन भेटिएको छ। अदालतले उनीसँग एक करोड धरौटी माग गरेकोमा बुझाउन नसकेपछि हिरासतमा छन् ।

श्यामकृष्ण च्यामु श्रेष्ठ : विमानस्थलको रेडियो अपरेटर रहेर १४ करोड अवैध कमाई, सुन तस्करीमा ‘कनेक्सन’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब ३३ केजी सुन प्रकरणमा जोडिएका एक पात्र हुन्, श्यामकृष्ण च्यामु श्रेष्ठ। विमानस्थलमा रेडियो अपरेटर (नायब सुब्बा) रहेर उनले पनि १४ करोड अकुत सम्पत्ति जोडेको खुलेको छ। उनीसँग रहेको थप १० करोड ११ लाख र त्यही रकम लगानी गरेर जोडेको साढे ४ करोड अवैध देखिएको अख्तियारले जनाएको छ। आयोगले गत १५ माघ ०७५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, काठमाडौंका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध साढे १४ करोड रुपैयाँ बिगो मागदाबी गर्दै अदालतमा मुद्दा दायर गर्‍यो। उनी डेढ करोड धरौटी बुझाएर रिहा भए।

सुरेश अधिकारी : यातायातका लेखापाल, खुलाउन सकेनन् ५ करोड सम्पत्तिको स्रोत, तीन श्रीमतीदेखि सासुको नाममा लुकाए

यातायात व्यवस्था कार्यालय सवारी कोशीका लेखापाल (नायब सुब्बा) सुरेश अधिकारीले १६ असोज ०५९ देखि १७ वर्ष सरकारी जागिर गरे। यो अवधिमा वैधानिक स्रोतबाट आर्जित सम्पत्ति ८८ लाख ३४ हजार मात्रै छ। तर, वास्तविक आम्दानीको झण्डै ६ गुणा अर्थात् ५ करोड १० लाख अवैध रुपमा जोडेको भेटिएको छ। गत २३ वैशाखमा अख्तियारले अवैध सम्पत्तिको विगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो। उनी अदालतले मागेको ६ लाख धरौटी बुझाएर रिहा भएका थिए।

रामप्रसाद भट्टराई : भन्सारका सुब्बा, ३ करोड कमाए, २ करोड अवैध

कञ्चनपुर भन्सारका तत्कालीन नासु रामप्रसाद भट्टराईले सार्वजनिक सेवामा रहँदा १ करोड १४ लाखको सम्पत्ति वैध रुपमा जोडेका छन्। तर, अख्तियारले छानबिन गर्दा उनको थप दुई करोड सम्पत्ति पनि भटियो जसको स्रोत भने भेटिएन।लगानी र बैंक ब्यालेन्ससमेत गरी उनको सम्पत्ति ३ करोड १४ लाख भेटिएको अख्तियारले जनाएको छ। अख्तियारले गत ३ असारमा दुई करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको छ। उनी अदालतले तोकेको ८० लाख धरौटी बुझाउन नसकेपछि थुनामै छन्।

ललितकुमार झा : मुखियाको पदबाट जागिर सुरु, अध्यागमनमा बसेर कमाएको डेढ करोड अवैध

मुखियाको पदबाट सरकारी सेवामा प्रवेश गरेका ललितकुमार झाले ३६ वर्षमा झण्डै ४ करोड सम्पत्ति जोडे । यो सम्पत्ति १७ असार ०४० देखि जेठ ०७६ सम्ममा जोडेका हुन्। तर, १ करोड ५६ लाख सम्पत्तिको स्रोत नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ।

जागिरको लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा रहेका उनी पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबास सरुवा भएका थिए। स्रोत नखुलेको १ करोड ५६ लाखलार्य बिगो मान्दै अख्तियारले झाकी ललितकुमारकी श्रीमती सुचितादेवीसमेतलाई प्रतिवादी बनाएर १५ असारमा मुद्दा दायर गरेको छ। तर, ललितकुमार फरार भएकाले अदालतले म्याद तामेल गर्न सकेको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।