कांग्रेस वि वाद : पौडेल मनाउँदै देउवा

काठमाडौं । महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् ।

देउवाले केन्द्रीय समिति बैठकमार्फत पार्टीका रिक्त विभाग, कार्यसम्पादन समिति, नेविसंघसहितका भ्रातृ संस्थालाई नेतृत्व दिने तयारी गरेपछि पौडेल समूह असन्तुष्ट रहँदै आएको छ ।

सो समूहले कार्यसमितिको म्याद सकिन लागेका बेला महाधिवेशनको तयारी गर्नुपर्नेमा महाधिवेशन टार्ने षड्यन्त्रमा सभापति लागेको भन्दै गत बिहीबार बोलाइएको केन्द्रीय समिति बैठक बहिष्कार गरेको थियो ।

बैठक बहिष्कारको अवस्थामा असन्तुष्ट समूह पुगेपछि शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर वरिष्ठ नेता पौडेललाई मनाउन बोहोराटारस्थित उनको निवास पुगेका हुन् ।

सो भेटमा सभापति देउवालाई आफूले महाधिवेशनको एजेन्डालाई बैठकमा ल्याउन आग्रह गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिएको आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

‘सभापतिजीलाई मैले पहिले पनि महाधिवेशनको एजेन्डा बैठकमा ल्याउनुस् भनेको हो, फेरि पनि त्यही भनेको छु । पार्टीलाई मिलाएर लैजाने दायित्व सभापतिको हो, त्यसका लागि उहाँले सबैको कुरा सुन्नुपर्छ,’ पौडेलले राजधानीसँग भने, ‘यो बेला सभापतिले संयमतापूर्वक र उदारतापूर्वक निर्णय गर्न सक्नुपर्छ ।’

देउवा र पौडेलबीचको छलफलपछि पार्टीभित्र देखिएका समग्र विषयको विवादबारे सहमति खोज्न भन्दै संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाइएको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार समितिले वर्तमान केन्द्रीय समितिको म्याद थप गर्नेबारे उच्च तहमा छलफल गर्ने र कति समय थप गर्ने भन्नेबारे सहमति जुटाएर महाधिवेशनको एजेन्डालाई बैठकमा पेस गर्ने तथा त्यसपछि कार्यतालिका ल्याउने सहमतिमा रिक्त विभाग, तरुण दल, र नेतृत्व विहिन रहेको नेविसंघ गठनका विषयमा छलफल भइरहेको छ ।

वार्ता समिति गठन भएपछि शनिबार साँझ उपसभापति निधि र पूर्वमहामन्त्री सिंहबीच सिंह निवास चाक्सीबारी, ठमेलमा विवाद समाधानबारे छलफल भएको थियो । छलफल सकारात्मक दिशामा अघि बढेको र पुनः बैठक बसी निर्णयमा पुगिने पूर्वमहामन्त्री सिंह निकट स्रोतले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय समितिको मुख्य सर्त नै १४औं महाधिवेशनको विषयलाई बनाउनुपर्ने भन्दै अडान राख्दै आइरहेका छन् । उनले महाधिवेशनको एजेन्डालाई बैठकमा राख्दा अन्य विषयमा छलफल गर्दै अघि बढ्न सकिनेसमेत बताउँदै आइरहेका छन् ।

तर, संस्थापन समूहले भने पार्टीका तल्ला तहका संरचनाको समायोजनको काम नै नसकिएकाले महाधिवेशनको एजेन्डा अघि ल्याउनुको सान्दर्भिकता नै नहुने बताउँदै आइरहेको छ ।

सो समूहले कार्यसमितिको समय थप गरेर पहिले समायोजनको काम सक्ने र त्यसपछि पार्टीको नयाँ क्रियाशील सदस्यता र नवीकरणको विषयमा अघि बढेर कार्यतालिकाबारे छलफल गर्ने बताउँदै आइरहेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार (आज) पुनः बस्नेछ । संस्थापन पक्षले आइतबारको बैठकबाट विवाद नभएका एजेन्डालाई पारित गर्ने तयारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।