जाँड-रक्सी बनाए १० हजार ज’रिवाना
काठमाडौं । भेरी नगरपालिकामा घरेलु म दिरा उत्पादन गर्नेलाई १० हजार रुपैयाँ ज रिवाना तोकिएको छ । स्थानीय टोल सुधार समितिले घरेलु जाँड र रक्सी उत्पादन गर्नेलाई ज रिवाना तोकेको हो । यस्तै मदिरा सेवन गर्नेलाई भने पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ ।

जाँड रक्सी खाएर युवाहरु बि ग्रन थालेको भन्दै भेरी नगरपालिका ३ पीपलडाँडाका स्थानीय टोल सुधार अभियानमा जुटेका छन् । सिद्दिगणेश टोल विकास समिति गठन गरेर उनीहरुले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन् ।
जाँडरक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।


