नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको मूल्य
काठमाडौँ, २९ मङ्सिर । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
साताको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँले बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ ।
त्यस्तै चाँदीको भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



