चलचित्र ‘१२ सत्ताईस’ को शिर्षगीत सार्वजनिक (भिडियो सहित)

नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा दिपक आरजे र गिरिस खतिवडाको स्वर , प्रकाश मल्ल को शब्द र दिपक आरजे को संगीत रहेको छ ।

लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन । चलचित्रका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ । फिल्ममा अनिश स्यांगदेनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ । चलचित्र माघ ३ गतेबाट देश भर प्रदर्शनमा आउने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖