विद्यालय पुग्न साढे ३ घण्टा हिँड्नुपर्ने

डाँडापारि (काभ्रे), मङ्सिर २९ गते । जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ ।

विद्यालयमा छात्रावासको व्यवस्था हुन नसक्दा यी दुई गाउँपालिकाका विद्यार्थी वर्षौंदेखि साढे तीन घण्टाको बाटो हिँडेर विद्यालय पढ्न जाने गरेका छन् । नेपाल सरकारले आधा घण्टाभन्दा बढी हिँडेर विद्यालय जान नपर्ने नीति बनाएको भए पनि यहाँका बालबालिका भने दैनिक साढे तीन घण्टासम्म हिँडेरै पढ्न जानुपर्ने बाध्यतामा छन् ।

महाभारत गाउँपालिका वडा नं. ६ मा रहेको जनमोहन माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा चमेली घलानले साढे तीन घण्टा हिँडेर विद्यालय आउने गरेको बताउनुभयो । वडा नं. ७ कालीमाटीमा घर रहेको बताउने उनी दैनिक ६ः३० बजे घरबाट हिँड्ने गरेको खबर मधुसुधन तिमल्सिनाले गोरखापत्र अनलाइनमा लेखेका छन ।

उठ्नेबित्तिकै घरबाट विद्यालयका लागि हिँड्ने गरेको छु । नजिकै माध्यमिक विद्यालय नहुँदा पढ्नकै लागि आफू साढे तीन घण्टा हिँडेर आउने गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले घर फर्किंदा पनि त्यति नै समय लाग्ने गरेको बताउनुभयो । कक्षा १० मा अध्ययनरत छात्र फुर्साङ मोक्तानले तीन घण्टा हिँडेर विद्यालय आएको बताउनुभयो । विद्यालयमा छात्रावास छैन, भूकम्पले घर भत्किएपछि कोठा लिएर बस्ने ठाउँ पनि छैनन् । त्यसैले दैनिक तीन घण्टा हिँडेर विद्यालय आउने गरेको छु ।

महाभारत गाउँपालिका वडा नं. ५ मा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा पञ्चमाया बल दुई घण्टा हिँडेर विद्यालय आउने गरेको बताउनुहुन्छ । प्राथमिक तहसम्म त गाउँमा नै पढियो तर त्यसभन्दा माथि पढ्ने विद्यालय नहुँदा दुई घण्टा हिँडेर विद्यालय आउने गरेका छौँ । उनीहरू दैनिक २० जना भलडाँडा भन्ने ठाउँबाट विद्यालय आउने गरेका छन् । यी त केही प्रतिनिधि पात्र मात्र भए । जिल्लाको डाँडापारि क्षेत्रमा अझै पनि शिक्षा लिनकै लागि घण्टौँसम्म बालबालिका हिँडेर आउजाउ गर्नुपर्ने बाध्यतामा छन् । छात्रावासका लागि पहल नहुँदा घण्टाँैसम्म असुरक्षित बाटोबाट बालबालिका आउनुपर्ने अवस्थामा रहेको स्थानीय रामबहादुर ब्लोनले बताउनुभयो ।

जनमोहन माध्यमिक विद्यालयका प्रधानाध्यापक रामवली सिंह दनुवारले ५० भन्दा बढी विद्यार्थी तीन घण्टा भन्दा बढी हिँडेर आउने गरेको बताउनुभयो । महाभारत गाउँपालिकामा पाँच हजार सात सय विद्यार्थी अध्ययनरत छन् । आठ वडा रहेको यस महाभारत गाउँपालिकामा गोकुले माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र कालीदेवी माध्यमिक विद्यालय छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।