सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता सङ्गोष्ठी सम्पन्न

२९ मंसिर, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा नेपाली लोकवार्ता तथा संस्कृति समाजद्वारा आयोजित तीन दिने सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता सङ्गोष्ठी सम्पन्न भएको छ ।

उक्त सङ्गोष्ठीको उद्घाटन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यही मंसिर २७ गते गर्नुभएको थियो । मन्त्री भट्टराईले सभालाई सम्बोधन गर्दै यस लोकवार्ता सङ्गोष्ठीले अन्तर्राष्ट्रिय जगत्मा नै नेपाली मौलिक लोकजीवनको परिचय प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विविधताभित्र लुकेको एकतापूर्ण नेपाली प्रकृति, संस्कृति र जीवनपद्धतिलाई हेर्नका लागि पर्यटन वर्ष २०२० मा नेपाल भ्रमणका लागि आउन विश्वसमुदायलाई आह्वान गर्नुभयो भने विशिष्ट अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अब हामीले हाम्रो चिनारीलाई विश्वभर पु¥याउन ढिला गर्नु नहुने विचार राख्नुभयो ।

नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, जापान, अमेरिका, बेलायत, रुस र स्पेन गरी नौवटा देशका १०० जना लोकवार्ताकर्मी तथा विज्ञहरूको सहभागिता रहेको उक्त सङ्गोष्ठीमा सम्बन्धित क्षेत्रका विविध विषयहरू समेटिएका ८६ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

नेपाली लोकवार्ता तथा संस्कृति समाजका अध्यक्ष तथा संस्कृतिविद् प्रा. तुलसी दिवसको अध्यक्षता र समाजका सचिव भीमनारायण रेग्मीको सञ्चालनमा सम्पन्न उक्त सङ्गोष्ठीमा विभिन्न सत्रमा विभिन्न व्यक्तित्वहरूले सत्रको अध्यक्षता गर्नुभएको थियो । प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेललगायतका विद्वानहरूले हरेक सत्रमा संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग प्रमुख डा. देवी नेपालले तेस्रो दिनको पहिलो सत्रको सभापतित्व गर्नुभएको थियो ।

आइतबार अपराह्न नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा विभिन्न सहभागीहरूले सङ्गोष्ठीको उपलब्धि र भावी योजनाका बारेमा आआफ्ना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि रायनले यस सङ्गोष्ठीले नेपाल र नेपाली लोकजीवनका अध्येताहरूमा थप ऊर्जा प्रदान गरेको विचार राख्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख प्रज्ञा डा. देवी नेपालले भूगोल र जनसङ्ख्याका दृष्टिले नेपाल सानो भए पनि यसभित्र लुकेको सामाजिक, सांस्कृतिक र लोकतत्त्व केन्द्रित मौलिकतालाई बाहिर ल्याउन सक्ने हो भने अबको सय वर्षसम्म विश्वलाई पढाउन सक्ने ज्ञान हामीसँग छ भन्दै अब आफ्नोपनको खोजीमा सबैले लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । साथै उहाँले विश्वका ठुला विश्वविद्यालयहरूले लोकवार्ताका लागि एउटा छुट्टै विभाग स्थापना गरेर पढाउने गरेको तथ्य प्रस्तुत गरी नेपालका त्रिभुवन विश्वविद्यालयलगायतका सबै विश्वविद्यालयहरूमा अब छुट्टै लोकवार्ता विभागको स्थापना गरी नेपाली मौलिकतालाई पढाउन थाल्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँको भनाइ थियो, हामीले विश्वको सभ्यता पढ्यौँ तर आफ्नै लोकजीवन पढ्ने मौका पाएनौँ त्यसैले विदेशमोह बढ्दै गयो, माटोको माया र राष्ट्रप्रतिको जिम्मेवारी बोध घट्दै गयो । माटोको गरिमाबोध गराउनका लागि पनि माटोको मौलिकता र लोकजीवनका विशेषताहरूका बारेमा पढाउनै पर्छ ।

समाजका उपाध्यक्ष प्रा.डा. अभि सुवेदी र कार्यक्रमका सभापति संस्कृतिविद् प्रा. तुलसी दिवसले अबका दिनमा लोकवार्तालाई विश्वविद्यालयको पठनपाठनको अनिवार्य अङ्ग बनाउन पहल गर्ने र सम्भव नभए निजी स्तरबाट नै भए पनि छुट्टै कक्षाहरूको सञ्चालन कार्यको थालनी गर्ने जानकारी दिनुभयो । उक्त त्रिदिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।