बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । भीमसेन थापा गाउँपालिका–४ धावामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले त्यसलाई प्राथामिकता दिएर निर्माण अघि बढाउनुपर्नेमा जोड दिए ।

सांसद अधिकारीले भने, ‘विद्युत् उत्पादन मात्र नभई अब आयोजना वरपरको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी आयोजना निर्माणको अघि बढाउनु आवश्यक छ ।’ उनले आयोजना वरपर चक्रपथ निर्माण गरी त्यसको उचित व्यवस्थापन गर्न सके यो आयोजनाले देशको मुहार नै फेर्न सक्ने बताए ।

सांसद अधिकारीले आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखातर्फका आरुघाट, आर्खेत र धादिङतर्फका विशालटार तथा खहरे क्षेत्रको मुआब्जा निर्धारण भएका केही प्राविधिक समस्यालाई हल गर्न आफूले पहल गरिरहेको बताए । ‘मुआब्जामा निर्धारणमा जनतालाई मर्कामा पर्नु हुँदैन भन्नेमा म पनि प्रतिबद्ध छु’, उनले भने, ‘डुबान क्षेत्रका जनताको पुनर्बास र पुनःस्थापनाका लागि अब राज्यले उचित निर्णय लिनुपर्छ ।’रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।