Breaking News : मध्यरातमा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको नि’धन

काठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि मृ त्यु हुनुको कारण जानकारीमा आएको छैन ।

विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको कलाकार तथा संचारकर्मी रन्जित पौडेलले बताए । विस्तृत जानकारी लिने प्रयास गर्दा अधिकांक कलाकारको मोबाइल स्वीच अफ थियो ।

२०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष हुनुअघि भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त थिए ।

आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका हिट चलचित्र भट्टराईले निर्माण गरेका हुन् । पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।

यसअघिकी अध्यक्ष निकिता पौडेलले २२ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।

एक दिनअघि मात्रै अर्का कलाकार दिपक क्षेत्रीको निधन भएको थियो ।-रिपोर्टर्स नेपालबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।