देउवा र णनीति : पहिले म्या द थप, त्यसपछि कार्यतालिका

काठमाडौं । पाटीका रिक्त विभाग गठनको विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले थप नयाँ रणनीति बनाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशनको विषयलाई मुख्य एजेन्डा बनाउँदै लगातार केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि सभापति देउवाले पहिले म्याद सकिन लागेको केन्द्रीय समितिको म्याद थप गर्र्नेे, त्यसपछि जारी बैठकमा १४औं महाधिवेशनको एजेन्डालाई समावेश गर्ने, त्यसलगत्तै रिक्त विभाग गठन गर्ने र महाधिवेशनको कार्यतालिका ल्याउने गरी थप रणनीति बनाएका हुन् ।

देउवा निकट एक नेताले सभापतिसहित सबै शीर्ष नेताहरू वर्तमान केन्द्रीय समितिको म्याद थप गर्ने विषयमा सहमत भइसकेकाले सभापतिलाई विभाग गठन गर्न नदिन मात्रै असन्तुष्ट समूहले अवस्था असहज बनाएको बताए ।

उनले असहज अवस्था रहिरहे सभापतिले पहिले कार्यसमितिको म्याद थप गर्ने, त्यसपछि महाधिवेशनको एजेन्डालाई बैठकमा राख्ने, त्यसलगत्तै विभाग बनाउने र कार्यतालिका ल्याउने गरी रणनीति बनाइरहेको जानकारी दिए ।

‘यो विवाद भनेको महाधिवेशनको एजेन्डा हुँदै होइन । कुरा विभागको हो, विभाग गठन गर्दा सभापति बलियो बन्ने डर असन्तुष्ट समूहलाई छ, उहाँहरू सबै कार्यसमितिको म्याद थप्न सहमत भएपछि कार्यतालिका त आइहाल्छ,’ ती नेताले भने ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनमा जाने विषयमा कोही पनि असहमत नरहेकाले त्यसअघिको पार्टीको समायोजनसहितका अवस्थालाई पहिले मिलाएर जानुपर्ने बताए ।

उनले मंसिरभित्र पार्टीको समायोजनसहितका सबै काम सक्ने र त्यसपछि महाधिवेशनका लागि अघि बढ्ने पहिले नै सहमति भइसकेकाले अनावश्यक रूपमा किचलो गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए ।

‘पहिले नै महाधिवेशनको एजेन्डालाई केन्द्रीय समितिमा ल्याइएको हो, महाधिवेशनमा जाने विषयमा कोही असहमत होइन,’ सहमहामन्त्री महतले भने, ‘मंसिरभित्र समायोजनको काम सक्ने र त्यसपछि महाधिवेशनका विषयमा अघि बढ्ने भन्ने हो, अहिले बिना कारण अन्योलको स्थिति बनाउने काम भइरहेको छ ।’

पौडेल समूहको बहिष्कारका बीच आइतबार बसेको केन्द्रीय समिति बैठकमार्फत नेता राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिलाई १५ पुसभित्र पार्टीका सबै तहको समायोजनको काम सक्न निर्देशन दिइएको छ ।

नेता रमेश लेखकले १५ पुसभित्र सबै समायोजनको काम सक्न निर्वाचन समितिलाई निर्देशन गरिएको जानकारी दिए । आइतबार १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा समेत पौडेल समूहका नेताहरू सहभागी नभएपछि संस्थापन पक्षका नेताहरू मात्रै बैठकमा सहभागी भएका थिए । दिउँसो १ बजे डाकिएको बैठक साढे तीन बजे सुरु भएको थियो ।

कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।

बैठक बहिष्कार गरेर पौडेल पाथिभरामा

आइतबारका लागि डाकिएको केन्द्रीय समिति बैठक बहिष्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वको शक्ति पीठ पाथिभराको दर्शन गर्न पुगेका छन्् ।
सभापति शेरबहादुर देउवा शनिबार आफैं पौडेल निवास पुगेर मनाउने प्रयास गरे पनि असहमत भएका नेता पौडेल केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आइतबार परिवारसहित पाथिभरा पुगेका हुन् ।

आइतबार बिहान पौडेल पक्षका नेताद्वय प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाले समेत छलफल गरी आफ्नो समूहको असहमति कायम रहेका कारण बैठकमा नजाने निर्णय गरेका थिए ।

नेता पौडेलले महाधिवेशनको एजेन्डालाई सभापतिले केन्द्रीय समितिमा राख्ने अवस्था नबन्दासम्म बैठकमा सहभागी नहुने बताउँदै आएका छन्् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।