चालकको ज बर्जस्तीले दु र्घटना, आफू भने झ्यालबाट हा म्फालेर भागे

सिन्धुपाल्चोक । बस घ्याच्चघ्याच्च गर्दै गुड्दै थियो । यात्रु भन्दै थिए– बरु रोकौं र हेरौं । लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि चालकले बसको स्टेरिङ नियन्त्रण गर्न सकेनन् । एक्कासि ह्वास्स गन्ध आयो । अनि ब्रेकबाट धूवाँ पनि । यात्रुले फेरि पनि कराए– ब्रेक गनायो । रोक्नुस् रोक्नुस् । तर त्यतिन्जेलसम्ममा बसले सडक छाडिसकेको थियो ।

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको त्यो बस आइतबार बिहानै सडकबाट खस्यो । १२ जनाले घटनास्थलमै ज्यान गुमाए । दुई जनाको उपचारका लागि लाँदै गर्दा र एक जनाको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार गर्दा गर्दै मृ त्यु भयो । १७ जना घाइते छन् ।

भक्तपुर च्यामासिंह, आदर्शबाट रिजर्भ गरेर लगिएको बस दोलखाको कालिञ्चोक घुमेर फर्कने क्रममा दुर्घटना भएको हो । यात्रुका अनुसार भक्तपुर क्षेत्रमा चल्ने उक्त बसका चालकका लागि त्यो नौलो रुट थियो । शनिबार बेलुकी लिशंखुपाखर गाउँपालिकाको मुडे बजारमा बास बसेका ३२ यात्रु र चालक आइतबार बिहानै मुडेबाट हिँडेका थिए ।

चालकले ओभरटेक गर्दै चलाइरहेका थिए । कच्ची र निर्माणाधीन लामोसाँघु–जिरी सडकमा गति नियन्त्रित नहुँदा बस दुर्घटनाग्रस्त भएको प्रहरीको अनुमान छ । बस सडकबाट करिब सय मिटर तल खसेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । बस खस्न लागेपछि चालक भने झ्यालबाट हाम फालेर भागेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖