नेपालमा मात्रै यस्तो हुन्छ : नेता खोज्न रियालिटी शो, रंगशाला बनाउन सुन्तला बेच्छन्

काठमाडौं । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । नेताहरु राजनीतिक संघर्ष सकियो, अब मुलुकको विकास र समृद्धिका लागि काम गर्नुपर्ने बताउँदै आएका छन् । संविधान सभाबाट जारी भएको संविधान कार्यान्वयनका क्रममा तीन तहमा जनताको सरकार छ ।

अब मुलुक समृद्धि र विकासतर्फ उन्मुखको भएको सत्तारुढ दलका नेता बताउँछन् । र यही बेला पत्रकार नेताको खोजीका लागि रियालिटी शो चलाउने तयारीमा छन् । कलाकार विकासका लागि खर्च जुटाउन ठेलामा सुन्तला बेच्न लागेका छन् । यी दुई विषयले केही दिनयता चर्चा बटुलिरहेको छ ।

कुरा हो, चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले ‘द लिडर शो’ चलाउने तयारीमा छन् । केही दिनअघि घोषणा गरिएको यो रियालिटी शोको ५ जना निर्णायक मध्ये पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र छन् । दुई जनाको नाम टुंगो लाग्न बाँकी छ । नेताको खोजी गर्न सो रियालिटी शो गर्न लागिएको भनिएको छ ।

विश्वमा संघर्ष र राजनीतिक तथा सामाजिक आन्दोलनबाट नेता जन्मिन्छन् । तर, नेपालमा भने नेताको खोजीमा रियालिटी शो गर्नुपरेको छ । यस रियालिटी शोको विजेताले कार, अपार्टमेन्ट र २० लाख नगद पुरस्कार पाउने छन् ।

‘द लिडर शो’को चर्चासँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकलनको विषयले बहस पाइरहेको छ । विश्वमा कलाकार कला प्रस्तुत गर्छन्, तर नेपालमा भने कलाकार मुलुकको विकास र समृद्धिमा लागिपरेका छन् । चारवटा एकीकृत नमुना बस्ती बनाएर वाही वाही कमाएका कलाकार सीताराम कट्टेल धुर्मुस अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागिपरेका छन् ।

तीन अर्ब रुपैयाँ भन्दा बढी लागत लाग्ने अनुमान गरिएको सो रंगशाला निर्माणका लागि धुर्मुस आर्थिक संकलनमा जुटेका छन् । विदेश तथा स्वदेशमा रहेका नेपालीको सहयोगले चारवटा एकीकृत नमुना बस्ती बनाएका उनले विश्वभर रहेका नेपालीसँग आर्थिक सहयोगका आह्वान गरेका छन्, रंगशाला बनाउन ।

अरु देशमा देशको विकासमा सरकारले नेतृत्व लिन्छ, आर्थिक सहायता जुटाउँछ । तर, नेपालमा कलाकार रंगशाला बनाउन विश्भर रहेका नेपालीमा सहयोगका अपिल गर्छन् । यससँगै रंगशाला निर्माणाधीन क्षेत्रमा धुर्मुस रंगशाला निर्माणकै लागि आथिक सहयोग जुटाउन भन्दै ठेला सुन्तला बेचेको तस्विर र भिडियोले सामाजिक सञ्जाल रंगिएको छ ।

सरकारले केही रकम दिएको छ भने स्वदेशमै रहेका उद्योगीहरुले आर्थिक सहयोग गरेका छन्, रंगशाला बनाउन । तर, तीन अर्बभन्दा बढी लाग्ने भएकाले धुर्मुस जे जसरी आर्थिक संकलन हुन्छ, सोही गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।