सम्बन्ध वि च्छेदपछि ऋतिक–सुजैन सम्बन्ध कस्तो ?

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानले एकअर्कासँग नबस्ने निर्णय गर्दै सम्बन्धविच्छेद गरे । तर, उनीहरुको सम्बन्ध आज पनि उस्तै राम्रो छ । यतिमात्र होइन, यी दुई त बेलाबखत आफ्ना छोराहरुसँग बिदा मनाउन पनि सँगै गइरहेका हुन्छन् ।

अहिले यही विषयमा ऋतिक रोशनले दिएको एउटा अन्तर्वार्ताले खुबै चर्चा पाएको छ । ऋतिकले अन्तर्वार्तामा भनेका छन्, ‘यो एउटा अत्यन्त राम्रो सम्बन्ध हो, हामी पहिले पतिपत्नी थियौँ, अहिले साथी बनेका छौँ, यो पनि समझदारीमा नै भएको हो ।’

उनले कुनै समय प्रेम गरेको मानिसलाई कहिल्यै पनि हेला गर्न नसकिने पनि बताएका छन् । ‘पहिले प्रेम हुनु भनेको पछि पनि प्रेम हुनु नै हो,’ उनले भनेका छन्, ‘पहिलेको प्रेममा अब नयाँ सम्बन्ध खोजिरहनु आवश्यक हुँदैन ।’

केही समयपहिले सुजैनले पनि ऋतिकसँगको सम्बन्धबारे आफूहरु राम्रो साथी भएको बताएकी थिइन् । ‘हामी अब एकसाथ रहन त सक्दैनौँ,’ उनले भनेकी थिइन्, ‘तर, आवश्यक पर्दा हामी एकअर्काका लागि साथी हौँ, जहाँ जतिबेला पनि हाजिर हुन्छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।