‘विप्लव’को उर्दी,- ‘एक लाखदेखी करोडसम्म चन्दा ठिक पार्नु’

उदयपुर । नेत्रविक्रम चन्द समूहको चन्दा आतकको गतिविधिका कारण स्थानीय जनप्रतिनिधि, निर्माण ब्यवसायी, उद्योगी, गैससहरु आ तंकीत भएका छन । सबैजसो स्थानीय तहका जनप्रतिनिधिलाई चन्दा माग्नुका साथै निर्माण ब्यवसायी, गैससहरुलाई ठुलो धनरासीको चन्दा माग गरिएको पत्र आउँन थालेपछि आ तंक बढेको हो ।

पालिका प्रमुख र उपप्रमुखलाई मात्र नभएर आफूहरूलाई समेत चन्दा दिन उर्दी गरेको वडाध्यक्षहरूले बताएका छन । प्रायः सबै जनप्रतिनिधि तथा कर्मचारीलाई चन्दा मागेका छन । रौतामाई गाउँपालिका एक वडाध्यक्षले भने, ‘यस्तै हो भने अब गाउँमा बाँच्न गाह्रो छ । चन्द समूहका कार्यकर्ताले टेलिफोन र भेटेरै चन्दा माग्ने गरेको ती वडाध्यक्षले बताए । उदयपुरको चार गाउँपालिका र चार नगरपालिका छन । स्थानीय प्रशासन भने यसको बारेमा जानकारी नआएको बताउँछन ।

केही दिन अघि मात्र जनपरिषदको नाममा बिज्ञप्ती निकालेर वन जन्य पदार्थ कटान तथा निकासीमा रोक लगाउँदै मारुती सिमेन्ट उद्योगलाई चुनढुंगा सप्लाई गर्ने शिव ओम मल्टी पर्पोज कम्पनी, कटारी नगरपालिका– ८ स्थित चुनढुगा खानी रहेको सौर्य सिमेन्ट उद्योग र कटारी नगरपालिका– ८ र उदयपुरगढी गाउँपालिकामा चुनढुंगा खानी रहेको कसमस सिमेन्ट उद्योगलाई तत्काल खानी उत्खनन् र ढुवानी बन्द गर्न चेतावनी दिएको छ ।

त्यसैगरी धरान – चतरा – गाईघाट – कटारी – सिन्धुली हुदै हेटौंडा मदन भण्डारी स्मृति लोकमार्गका निर्माण गर्न स्थापना भएको त्रियुगा नगरपालिका– ७ चुहाडेस्थित क्रसर, चौदण्डीगढी नगरपालिका– २ लामा खोलामा र कटारी नगरपालिका– ५ भोर्ले साँगुरीमा स्थापना भएको क्रसरलाई तत्काल बन्द गर्न भनिएको छ । सडक निर्माण कम्पनी जेईसिई लामा शर्माले स्थापना गरेको हो ।

उनीहरुलाई जनपरिषद नेपाल उदयपुरको संयोजक नरसिंहले हस्ताक्षर गरेको बिज्ञप्तीमा जनाएको छ । यहाँका ब्यवसायीहरुलाई १ लाख देखि करोड रुपैया सम्म चन्दा माग गरिएको छ । निर्माण कम्पनीलाई कुल लागतको २ देखि ५ प्रतिशत रकम माग गरेको एक निर्माण ब्यवसायीले जानकारी दिए ।

जिल्लामा हुने हरेक आर्थिक गतिबिधिमा उनीहरुले चन्दा माग गरेको छ । चन्दा नदिएमा वा बेवास्ता गरेमा जस्तो सुकै कारबाही हुने चेतावनी दिएको छ । यस्तो परिस्थितिको जिम्मेवार स्वायम सम्बन्धित सरोकारवाला हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ । राजधानीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।