मध्यरातमा केकी अधिकारीलाई रिमा विश्वकर्माको यस्तो सरप्राइज (भिडियो सहित)
काठमाडौ । नायिका केकी अधिकारीले आज आफ्नो जन्मदिन चलचित्र झिङ्गेदाउको शुटिङ्गमा मनाएकी छिन । केहि दिन देखि भकुण्डेबेसिमा शुटिङ्ग भइरहेको ठाउँमा केकीले शुटिङ्ग युनिटसंग जन्मदिन मनाएकी छिन् भने उनको नजिकका साथिहरु उनलाई सर्प्राइज दिन भकुण्डेबेसी नै पुगेका पनि छन् ।
केकी अधिकारीको नजिकको साथी नायिका रिमा विश्वकर्मा र निर्देशक विशाल भण्डारी काठमाडौबाट भकुण्डेबेसी मध्यरातमा पुगेर जन्मदिनको सरप्राइज दिएका छन् ।
काठमाडौबाट केक लिएर झिङ्गेदाउको शुटिङ्ग स्थलमा पुगेका रिमा सहितको टिमले केकीलाई सरप्राइज दिएका हुन् । केकी अधिकारी र आंचल शर्मा सहित चलचित्रका टिमहरुको बीच पुगेर सरप्राइज दिंदा केकी खुशीले एकछिन भावुक भएकी थिईन । केकीले केक काटेर संगै उपस्थित सबैले केकीको वारेम आफ्नो धारणा व्यक्त गरेका थिए ।

जन्मदिन मनाउदै गर्दा सबैले केकीको विवाहको कुरा समेत गर्दा केकीले चाडै लगन जुरेपछी विवाह गर्ने बताएकी छिन । केकी संगै रहेकी आंचल शर्मा भने आफ्नो विवाहलाई लिएर उत्साहित थिईन ।
केकीलाई तत्कालै विवाह नगर्न रिमाले सुझाव दिएकी थिईन । आफ्नो घुम्ने हिड्ने साथी भएको नाताले रिमाले तत्काल विवाह नगर्न सुझाव दिएकी थिईन ।


