नेकपा-राजपा सहकार्य : नेपाली राजनीतिको ट र्निङ पोइन्ट!

काठमाडौं, पुस ३ । नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ।

सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग हात मिलाएपछि समाजवादीमाथि सरकारबाट बाहिरने नैतिक दबाब परेको खबर आजको कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छन्।

नेकपाले सरकारमा समाजवादी र चुनाव तथा राष्ट्रिय मुद्दामा राजपासँग सहकार्यको अनौठो नीति लिएको छ।

जबकी प्रदेश–२ मा राजपा र समाजवादी पार्टी मिलेर सरकार चलाएका छन्।स्रोतका अनुसार समाजवादी पार्टी र राजपाबीच पार्टी एकताका लागि चरण–चरणमा वार्ता भइरहेका बेला नेकपा र राजपाबीचको सहकार्य अर्थपूर्ण छ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेकपा र राजपाबीचको सहमतिले समाजवादी पार्टी सरकारबाट बाहिरिने र राजपा सरकारमा सहभागी हुने संकेत गरे। ‘सहमति नेपाली राजनीतिको टर्निङ पोइन्ट हुन सक्छ। यसले राष्ट्र निर्माणको नयाँ कोर्स लिन सक्छ। खास गरेर नेपाल राष्ट्र निर्माण र विकासका लागि’ उनले भने।

बुधवार साँझ नेकपा र राजपाबीच भएको दुई बुँदे सहमति अनुसार राष्ट्रिय सभाको चुनावमा प्रदेश २ का ४ सीट मध्ये २–२ सीटमा नेकपा र राजपाले एक अर्काका उम्मेदवारलाई सहयोग गर्ने छन्।

यसबाहेक नेकपा–राजपाबीच ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने’ अर्को सहमति भएको छ।

नेकपा–राजपाबीचको सहमतिलाई लिएर समाजवादी पार्टीले उपयुक्त निर्णय लिने प्रारम्भिक प्रतिक्रिया दिएको छ। ‘हामीले राजपासँग पहिला पनि गठबन्धन गरेका थियौँ। अहिले किन राजपा नेकपातिर गयो। हामी गहन छलफल गर्छौँ।’समाजवादी पार्टीकी नेतृ रेणु यादवले भनिन्, ‘भर्खर उहाँहरु (नेकपा–राजपा) बीचको सहमतिको विज्ञप्ती आएको छ। पार्टीभित्र छलफल गरेर हामी उचित निर्णय लिन्छौँ।’

मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्रीले छलफल नगरेको भन्दै असन्तुष्ट समाजवादी पार्टीले संविधान संशोधन लगायतका विषयमा नेकपासँग छलफल गर्न उच्चस्तरीय वार्ता टोली बनाएकै बेला नेकपाले राजपासँग सहकार्यको नीति लिएको हो।

राजपाले तत्कालका लागि राष्ट्रियसभाको चुनाव भए पनि नेकपासँग सहकार्यको बाटो फेरि खुला भएको प्रतिक्रिया दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।