नेकपा स्थायी समिति बैठक : मन्त्रीले गरे सरकारी कामको ब चाउ, अन्य नेताद्वारा आ लोचना

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा मन्त्रीहरूले सरकारी कामको बचाउ गरेका छन् भने अन्य नेताले आलोचना गरेका छन्।

पूर्वमाओवादी समूहका कतिपय नेताले पार्टीभित्रको बढ्दो अराजकता अन्त्यका लागि केन्द्रलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बुधबारको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वी सुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षमन्त्री गिरिराजमणि पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले सरकारले राम्रो काम गरे पनि जनपरिचालनमार्फत स्थापित हुन नसकेको भन्दै बचाउ गरे ।

तर, अन्य नेताले भने सरकारी कामको आलोचना गरेका छन् । नेता पन्तले नेतृत्वले विधान मिच्दै आएको र अमेरिकन सहयोग एमसिसी (मिलिनियम च्यालेन्ज कम्प्याक्ट) का कारण सरकार बदनाम भएको बताए ।

उनले एमसिसीलाई राष्ट्रिय हितको पक्षमा हुने सुनिश्चितताको अवस्थामा मात्र अघि बढाउन उपयुक्त हुने धारणा राखे ।

नेताहरू मातृका यादव र हरिबोल गजुरेलले पार्टीभित्र गुटबन्दी, अनुशासनहीन र अराजकता बढेका कारण कडाइका साथ नियन्त्रणका लागि नेतृत्वलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।