यी हुन पत्रकार ऋषि धमलाका ससुरा, छोरी एलिजाको विवाहमा नआएका भरतले धमलाको बारेमा यसो भने – हेर्नुस् भिडियो

काठमाडौ । चर्चित पत्रकार ऋषि धमलाका ससुरा भरत गौतम अहिले क्यानाडाबाट छोरी ज्वाईंसंग समय बिताउन नेपाल फर्केका छन् । बिगत केही वर्ष देखि क्यानाडामा व्यापार व्यवसायमा व्यस्त रहेका भरत आफ्नो एउटै छोरी एलिजाको विवाहमा सम्म आउन पाएनन् जुन दुखेसो पोखेका छन् ।

क्यानाडा नेपालका लागि पुजा श्रेष्ठ संगको कुराकानीमा बुवा भरतले छोरीको विवाहमा आउन मन हुँदाहुँदै आउन नसकेको कुरा उल्लेख गर्दै भने, ” छोरीको विवाह हुने भन्दा खुशी थिए र आउन खोजेको थिएँ तर जब मेरो बुवाले त नआए पनि हामी अन्माएर दिन्छौ भनेकोले मैले व्यापार व्यवसाय नछोडी आउन पाईन ।

मैले विवाहको भिडियोमा हेरेर चित्त बुझाए छोरीको विवाह । म एकदमै भावुक मान्छे हुँ, यदि म विवाहमा आएको भए रोएर सम्हाल्न सक्दिन थिएँ होला । तर म खुशी छु मेरो बुवा आमाले छोरीलाई अन्माएर दिनुभयो ।”

ज्वाईं ऋषि धमला सधै व्यस्त साथै छोरीलाई बढि समय दिन नसकेको विषयमा प्रश्न गर्दा भरतले भने, “सबैलाई थाहा छ ऋषि धमलाको खुबीको बारेमा, मेरो ज्वाईं भनेर तारिफ गरेको होईन तर वहाँ जस्तो पत्रकार नेपालमा कोही छैन होला ।

सधै व्यस्त नभए पत्रकारिता र देशको लागि योगदान पुर्याउन पनि गाह्रो हुन्छ र यो हाम्रो परिवारलाई थाहा छ । वहाँ क्यानाडा पनि एक दुइ दिनको लागी आउनुहुन्छ र एकदिन मात्र परिवारलाई समय दिनुहुन्छ । अरु समय क्यानाडामा पनि भेटघाट र कार्यक्रममा व्यस्त हुने गर्नुहुन्छ ।”

छोरी एलिजाको चलचित्र यात्राको बारेमा पनि बुवाले भने, “मैले छोरीलाई त्यो बेला चलचित्र नगर्नु भनेको थिए किनकी उनको भर्खर छोरा भएको थियो र त्यस्तो बेलामा कसरी गर्छिन भन्ने थियो ।

अहिले चलचित्र हेर्दा मलाई त राम्रो लाग्छ किनकी त्यस्तो अवस्थामा चलचित्र गर्नु भनेको ठुलो आँट र शाहस थियो जुन मेरो छोरीले पुरा गरेकी थिईन । धेरैलाई थाहा नै छैन कि एलिजाले बच्चा भएको ३ महिना मै चलचित्रमा काम गरेकी थिईन । ”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।