घरमा मयुरको प्वाँख राख्दा यस्ता फाइदा हुन्छन्

काठमाडौँ। विश्वभरिका धेरै संस्कृति र परम्पराहरूमा मयुरको प्वाँखले छुट्टै महत्वपूर्ण प्रतिकात्मकताको भूमिका खेल्दछ। मयुरले सौन्दर्य, सन्तुलन, जागरण, अमरत्व, आध्यात्मिकता, आत्मविश्वास, जागरूकता, नेतृत्व, आत्मप्रेम, र पुनरुत्थानको प्रतिकको काम गर्छ । साथै यसलाई पूर्वीय दर्शनमा धैर्यता, उदारता र दयाभावको प्रतिक गर्दछ।

त्यसैगरी, मयुर चरा आफैँमा यति सुन्दर हुन्छ कि यसले सकारात्मकता दर्शाउँदछ । अ हंकार खराब चीज हो, त्यसैले मयुरले आफ्नो सुन्दरता पहिचान गरि सकारात्मकता तिर डोर्याउन मद्दत गर्दछ। भगवान कृष्णको मुकुटमा सुशोभित मयूरको प्वाँखले जीवनका सबै नकारात्मक ऊर्जा र अन्य पारिवारिक समस्याबाट राहत दिने गर्दछ ।

घरमा मयुरको प्वाँख राख्दा यस्ता फाइदा हुन्छन्

१. मयुरको प्वाँख घरममा राख्दा नकारत्मक उर्जाहरु सबै हटेर जाने साथै घरमा आँखा लाग्ने समस्यापनि निर्मुल हुने गर्दछ। त्यसैगरी प्वाँखलाई घरमा कुनै एक ठाउँमा राख्दा घरमा सुख. सम्ब्रिधि र खुसियाली छाउने गर्दछ।

२. मयुरको प्वाँखलाई घरमा राखियो भने देवी लक्ष्मीको कृपा सधैं हुने र धन र ऐश्वर्य सदैव वृद्धि हुने विश्वास गरिन्छ।

३. सबैलाई थाहा भएको कुरा हो, बच्चाहरु आकर्षक हुन्छन् र उनीहरुको क्रियाकलापहरुलाई सबै मन पराउँछन् । बच्चाहरु बिरामी भए भने कतिपयले आँखा लाग्यो पनि भन्ने गर्छन् । बच्चालाई आँखा नलागोस् भन्नाले मयुरको प्वाँखको बुटी बनाएर लगाइदिँदा राम्रो हुने विश्वास गरिन्छ । साथै यस्तो गर्दा बच्चाहरुमा नकारात्मक शक्तिको प्रभाव कहिल्यै पर्दैन।

४. यदि कसैको राशिमा राहु ग्रहले निकै हावी गरेको छ भने उनीहरुले मयुरको प्वाँख राख्दा राहुको नकारात्मक प्रभाव हटेर जानेगर्दछ। यसलाई घरमा वा आफुले दैनिक बोक्ने झोला वा पर्समा राख्दा हुन्छ।

५. घरमा मयुरको प्वाँख राख्दा दक्षिण पूर्व कोणमा राख्दा अत्याधिक लाभ हुनुका साथै घरमा अचानक आउने संकटहरु पनि हटेर जनेगर्द्छ।

६. घरमा मयुरको प्वाँख राख्दा सर्प तथा अन्य विषालु जीवहरु घरमा प्रवेश नगर्ने तथा शत्रुबाट हुने हानि नोक्सानीको संकट पनि टरेर जानेगर्दछ। त्यसैगरी, प्वाँखमा शत्रु वा विरोधीको नाम लेखेर खोलामा बगाउँदा शत्रु तथा विरोधी परास्त हुने गर्दछन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖