नेपाली उद्यमी श्रेष्ठलाई फ्रान्सको सर्वोच्च विभूषण

काठमाडौँ । फ्रान्स र नेपालबीचको आर्थिक एवं सामाजिक सम्बन्धलाई सुदढ तुल्याउन उल्लेखनीय योगदान गरेवापत नेपाली उद्यमी श्याममोहन श्रेष्ठलाई ‘ल सभालिए द ला लेज्योँ’ विभूषण प्रदान गरिने भएको छ । फ्रान्सेली सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मानिने सो विभूषण ग्रहण गर्न नेपाल सरकारले उद्यमी श्रेष्ठलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को मङ्सिर ३० गतेको बैठकले नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठलाई पाँच दशकदेखि दुई देशबीचकोे आर्थिक–व्यावसायिक एवं सामाजिक क्षेत्रमा निरन्तर गरेको योगदानको कदर गर्दै फ्रान्स सरकारले उक्त विभूषण प्रदान गर्ने निर्णय गरेको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

सन् १९७० मा २३ वर्ष नपुग्दै श्रेष्ठले बस, रेल, पानीजहाज, रिक्साबाट एक महिनाभन्दा बढी समयको यात्रामा भारत–पाकिस्तान–अफगानिस्तान–इरान–टर्की– बुल्गेरिया–रोमानिया–इटाली हुँदै फ्रान्स प्रवेश गर्नुभएको थियो । त्यसैबेलादेखि फ्रान्ससँग जनस्तरको सम्बन्ध कायम गरी आजपर्यन्त द्विपक्षीय सम्बन्ध प्रगाढ तुल्याउन काम गरिरहनुभएको छ ।

उहाँले फ्रान्स र नेपालबीचको व्यापार, उद्योग र पर्यटन प्रवद्र्धनमा पनि योगदान गर्दै आउनुभएको छ । आगामी महिना फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा उहाँलाई उक्त विभूषणबाट सुशोभन गरिने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।