अब राजा वीरेन्द्रको निजी निवास हेर्न पाइने

काठमाडाैँ, ४ पुस । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् ।

यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सँगालेका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाइजहाजलगायत निजी निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने योजना सुनाए ।

राजपरिवारको हत्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी २०६५ सालदेखि सर्वसधारणका लागि खुला गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।