ए कैपटक चारवटा खो प लगाउँदा डेढ महिने शि शुको मृ त्यु

इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृ त्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृ त्यु भएको हो ।

उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।

शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृ त्यु भएको जनाइएको छ ।

यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृ त्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृ तकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलमा सहभागी स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृ त्यु भएको प्रमाण नभएको बताए ।

साम्बाले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृ त्युको कारण खोप नभएको जिकिर गरे । ‘स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको तालिकाअनुसार नै खोप दिएका छन् । यदि त्यही कारणले भए खोप लगाएको आधा घण्टादेखि नै प्रतिक्रिया देखिन्थ्यो,’ साम्बाले भने, ‘तर, भोलिपल्टदेखि मात्र रुन थालेको भन्ने सुनियो । अभिभावकले तुरुन्त स्वास्थ्यकर्मीलाई देखाएनन् । बाहिर उपचारमा लैजानुभएछ । तसर्थ, खोपको कारण नै हो भन्न सकिँदैन ।’

सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन् । शिशुलाई खोप लगाउँदा उनीहरू नै संलग्न थिए । यस विषयमा बुझ्न माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप राईसँग सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन ।

यता, माङसेबुङ गाउँपालिका–४ का वडाअध्यक्ष अमृत राईले घटनाबारे आफूले ढिला मात्र जानकारी पाएकाले केही गर्न नसकिएको बताए । शिशु बिरामी भएको, उपचारमा लगिएको र मृ त्यु भएको समेत ढिलो मात्र थाहा पाएकाले थप केही गर्न नसकिएको बताए । ‘मलाई २९ मंसिरको राति मात्र फोन गरेर परिवारले जानकारी दियो । सुरुमा नै जानकारी पाएको भए पोस्टमार्टम गर्न सकिन्थ्यो । त्यहाँबाट मृत्युको कारण थाहा हुने थियो,’ अध्यक्ष राईले भने, ‘सदगदसमेत भइसकेको हुनाले अरू केही प्रक्रियामा जान सकिएन ।’

यसैबीच सो घटना सार्वजनिक भए पनि मृत कका परिवारलाई गाउँपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराइदिने सर्तमा घटना टुंग्याइएको छ । बिहीबार मृत कको परिवार, माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा, सामुदायिक स्वास्थ्य इकाइ, जनप्रतिनिधि र नागरिक समाजलगायतको छलफलमा मृतकको परिवारलाई गाउँपालिकाबाट राहत उपलब्ध गराउने सहमतिपछि घटनाको टुंगो लगाइएको हो ।

‘मृत कको परिवार र स्वास्थ्यकर्मीलाई राखेर छलफल गरियो । मृत्युको कारण यही हो भन्ने यकिन नभएकाले सबैको सहमति भयो,’ वडाअध्यक्ष अमृत राईले भने, ‘शिशुको पोस्टमार्टम भएको भए सहज हुने थियो । सदगद गरिसकेछ । यहाँबाट मृ त्युको कारण यकिन हुन सकेन । त्यसैले, विपन्न परिवार भएकाले गाउँपालिकाको राहत कोषबाट आर्थिक सहयोग उपलब्ध गराउनेगरी सबैको सहमति भयो ।’

मृ तकका परिवारले राहत लिनका लागि वडा कार्यालयबाट सिफारिससमेत लिइसकेको वडाअध्यक्ष राईले जानकारी दिए । यो खबर भगीरथ भण्डारीले आजको राजधानी दैनिकमा लेखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।