आ न्तरिक क लहमै कांग्रेस, सहमति न जुट्दा बैठक फेरि स-यो

काठमाडौं । नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा सहमति नजुट्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । गत २६ मंसिरबाट सुरु बैठकमा नेविसंघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा पटकपटक सर्दै आएको बैठक पुनः १० पुसमा बस्ने गरी सरेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका रिक्त विभागसहित नेतृत्वविहीन रहेको नेविसंघ र म्याद गुजारेको तरुण दल गठन गर्न भन्दै २६ मंसिरबाट केन्द्रीय समिति बोलाएका थिए । बैठकमार्फत सभापति देउवाले पार्टीका रिक्त विभागका लागि प्रस्तावसमेत गरिसकेका छन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सो प्रस्तावमा असहमति राख्दै कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहले बैठकमार्फत १४औं महाधिवेशनको एजेन्डा ल्याउनुपर्ने अडान लिँदै आएको थियो । पौडेल समूह त्यसयता निरन्तर बैठक बहिष्कारमा छ । महाधिवेशनको एजेन्डामा नै विवाद रहँदै आइरहेका बेला पछिल्लो समय दुवै समूहबीच नेविसंघ, तरुण दल र विभाग गठन गर्दा कसरी गर्ने र भाग कति लाग्ने भन्नेमा समेत विवाद बढेको छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सहमतिका लागि निरन्तर प्रयास भइरहेकाले सकेसम्म सहमतिबाटै सबै विषयमा निर्णय गर्न बैठक सारिएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖