ठ’ग्ने ठेकेदारलाई दैनिक ९० हजार ज’रिवाना गरेपछि कालोपत्रेको काम ध’माधम (भिडियो सहित)
१. ठेकेदारले पुल निर्माण अलपत्र छोडेपछि झापाको पाठामारीका बासिन्दा सास्तीमा
जताततै ठेकेदारको चर्चा, ठेक्कामा ठग्यो भन्दा ठेकदारहरुलाई चित्त दुख्छ । त्यसैले निर्माण व्यवसायी भनिदिनु पर्ने उनीहरुको आग्रह छ । तर देशका अधिकांश विकास निर्माणको काममा ढिलासुस्ती हुनुको पछाडि पहिलो हात ठेकेदार कै देखिएको छ अर्थात निर्माण व्यवसायीको ।
विकास निर्माणका धेरै कार्यहरु अलपत्र पारिदा पाउने दुःख र सास्ती भनेको जनताले हो । अहिले यस्तै एउटा नमुना पेश भएको छ झापाको कलनकवल ५ स्थित पाठामारीमा । सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरु बजारको भर्दा यता भन्दा उता बढी विश्वास गर्छन ।
अर्थात भारतीय सीमावती शहरहरु नै उनीहरुका लागि नुन र तेल, भुटुन र भान्साका लागि सहज हुने गर्छ । तर मेची नदीमा झोलुङ्खे पुल नहुँदा नेपाली नागरिक मात्र नभइ नेपाल आउने भारतीय नागरिकहरुले पनि पाउनु सम्मको सास्ती भोग्दै आउनु परेको छ ।
करिब ३ करोडको लागतमा काठमाडौंको निलगिरी निर्माण सेवा बानेश्वरले २०७२ सालमा नै सो झोलुङ्खे पुलको निर्माणका लागि ठेक्का लिएको थियो । तर निर्माण कार्य पूरा नगर्दै ठेकेदार कम्पनी वेपत्ता भएपछि यस्लाई ठेकेदारले ठग्यो भन्न पाउने कि नपाउने ?
२. ओखलढुंगामा भने ठग्ने ठेकेदारलाई जरिवाना गरिएपछि कालोपत्रेको काम धमाधम

यता ओखलढुंगामा भने ठकेदार कम्पनीलाई जरिवाना तिराईएपछि ओखलढुंगा रुम्जाटार सडकको कालोपत्रेको काम धमाधम हुन थालेको छ । विभिन्न कारण देखाउँदै बारम्बार म्याद थप्ने कार्य गर्दै कालपत्रेको काममा ढिलासुस्ती गरेपछि निर्माणको जिम्मा लिएको तामाङ कुमार जेभीलाई दैनिक ९० हजारको हाराहारीमा जरिवाना गराइएपछि काम रातदिन नभनि हुन थालेको छ ।
आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्र्तगत निर्माण भइरहेको र राष्ट्रिय पुनर्निर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वय इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाको अनुगमन एवं निगरानीमा सडक कालोपत्रेको काम धमाधम भइरहेको हो । तर हतारमा काम हुँदा गुणस्तरीय नभएको गुनासो चर्को बन्दै गएको छ । यसतर्फ पनि सरोकारवाला निकायले ध्यान दिन भने जरुरी भइसकेको छ ।
३. महिलाहरु सक्रिय भएपछि भोजपुरमा समृद्धि महिला समूहले बनायो आफ्नै भवन
महिला सक्रिय बन्दा घरपरिवारको मात्र वातावरण नभइ समाजको वातावरणमा नै सकारात्मक प्रभाव पर्ने निश्चित छ । आमा समूहको नाममा देशभरका समाजमा आएको सकारात्मक परिवर्तन यसैको कडी हो । भोजपुरमा पनि महिलाहरुको एक समूह समृद्धि महिला समूहले यस्तै उदाहरण पेश गदै आएको छ ।
१४ लाखको लागतमा अहिले आफ्नै भवन निर्माण गरेको समृद्धि महिला समूहले महिलाहरुको हक हितको पक्षमा बिभिन्न रचनात्मक कार्य गर्दै आएको छ । सीमित बजेटको आधारमा भवन ठड्याएपनि अहिले भवनको धेरै हिस्सा निर्माण हुन भने जरुरी छ । तर भवन ठड्यिएपछि धेरैले आशा गरेका छन् अब महिलाहरुको समृद्धिको पक्षमा पनि समृद्धि महिला समूहले धेरै कामहरु गरेर देखाउने छ ।


