उ पसभामुख तुम्बाहाङ्फेले रा जीनामा दिने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।

‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनको लागि सहज हुनेगरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘मैले राजीनामा दिने ठूलो विषय हैन । योभन्दा पहिला पार्टीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’

सभामुखमा आफ्नो दाबी पेस गरिरहेकी उनी पार्टीले सभामुखका लागि नाम तय गरेपछि राजीनामा दिने मनस्थितिमा रहेको स्पष्ट हुन्छ । उनले आफूले सभामुख नपाए पनि सभामुखको उम्मेदवार छानिएपछि सहज वातावरण निर्माण गर्ने बताएकी छन् । उनले आफूले सभामुख नपाउँदा आफ्नो भूमिका के हुने भनी पार्टी नेतृत्वलाईसमेत प्रश्न गरेकी छन् । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा उपसभामुख तुम्बाहाङ्फेसँगै संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दाबी गरिरहेका छन् । दुवै तत्कालीन एमालेतर्फका नेता हुन् । यो खबर सविन शर्माले आजको राजधानी दैनिकमा लेखेका छन् ।

सभामुख निर्वाचन गर्ने बैठकको अध्यक्षता ठाकुरले गर्ने
उता आफ्नो भागमा परेको भन्दै तत्कालीन माओवादी केन्द्रका नेताहरू अग्नि सापकोटा र पम्फा भुसालको नाम पनि भावी सभामुखमा चर्चामा छ । पार्टी एकतापछि पार्टीभित्र ‘यो पक्ष र त्यो पक्ष’ भन्न नहुने धारणा सार्वजनिक भइरहेको छ ।

नेकपा सचिवालय बैठकले सरकार सञ्चालनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिसकेको छ ।

पार्टीभित्र नै व्यापक छलफल गरी सरकार र पार्टी दुवै मोर्चामा दुवै अध्यक्षले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । पार्टीको स्थायी समिति बैठकमा समेत पार्टीको तर्फबाट अध्यक्ष दाहालले नै प्रतिवेदन तयार पारी प्रस्तुत गरेका थिए । पार्टीको निर्णयअनुसार नै सरकार सञ्चालन गर्ने विषयमा दुवै अध्यक्षले स्पष्ट रूपमा बताउँदै आएका छन् ।

नेकपाको तर्फबाट सभामुख चयनका लागि सहज वातावरण बनाउनका लागि पार्टीले गरेको आग्रहअनुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् । उनले अधिवेशन सुरु गर्ने बैठक आफूले नै सञ्चालन गर्ने पार्टी नेतृत्वलाई बताउँदै आएकी थिइन् । उनको इच्छाअनुसार शुक्रबारको बैठक उनले नै सञ्चालन गरिन् ।
शुक्रबार बसेको प्रतिनिनिधिसभा बैठकमा शीर्ष नेताहरू नै उपस्थित नहुँदा दलीय आधारमा बोल्ने कार्यसूची नै राखिएको थिएन । बैठकपूर्व बसेको कार्यव्यवस्था समितिका बैठकले प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुखले गर्ने निर्णय गरेका थियो । सभामुख निर्वाचनको विषयमा पनि कार्यव्यवस्था समिति बैठकले एक सातापछि दोस्रो बैठक बोलाउने र सभामुख निर्वाचनलगायतका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

सभामुख निर्वाचन हुने बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने छैनन् । सभामुख र उपसभामुख निर्वाचनको अध्यक्षता प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार सभामुख निर्वाचन गर्ने बैठकको अध्यक्षता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं सांसद महन्थ ठाकुरले गर्नेछन् । अहिलेको प्रतिनिसभामा ज्येष्ठ सदस्य भएका कारण उनले सभामुख चयनका लागि बस्ने बैठकको अध्यक्षता गर्नेछन् । यदि ११ पुसभन्दा अगाडि नै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गरेको अवस्थामा उनै ठाकुरले बैठकको अध्यक्षता गर्नेछन् ।

नेकपाले सभामुख आफ्नो पक्षमा राख्नका लागि उपसभामुखलाई राजीनामा गराउने निर्णय गरे पनि नयाँ सभामुख छान्न नसक्दा अन्योल छाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।