हाम्रो माया टाँसिएर बस्ने मात्र होईन : धमला (भिडियो सहित)

धमलाको म जा क उडाएको भन्दै श्री'मती एलिजा गौतम आ क्रो श

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को नयाँ शृंखलामा चर्चित पत्रकार ऋषि धमलाको दम्पति अतिथिको रुपमा पुगेका छन् । हिजो मात्र शुटिङ्ग सम्पन्न भएको नयाँ शृंखलामा प्रतिस्पर्धीहरुले धमलाको क्यारिकेचर गरेका थिए ।

उक्त कार्यक्रममा धमला दम्पति झण्डै दुई घण्टा बढि बसेर प्रतिस्पर्धीहरुको प्रस्तुति हेरेर धमला दम्पतीले मनोरंजन लिएका छन् । कार्यक्रमको शुटिङ्ग पश्चात संचारकर्मीसंग कुराकानी गर्दै ऋषि धमलाले खुशी व्यक्त गरेका छन् भने श्रीमती एलिजा गौतमले आफ्नो श्रीमान् माथि मजाक उडाएकोमा निराश व्यक्त गरेकी छिन ।

मिडियामा सामु आफ्नो कुरा राख्दै एलिजाले भनिन्, “मेरो श्रीमान्लाई मजाक बनाएर बोल्नु भन्दा पहिला वहाँले गरेको योगदान सोच्न जरुरी छ । ऋषि धमला त्यत्ति सजिलै यो ठाउँमा पुग्नु भएको होईन त्यसैले वहाँको काम गर्ने शैलीमाथि मजाक बनाउनु अघि सबैले सोचे राम्रो हुन्थ्यो किनकी वहाँ हरेक कुरालाई सहज लिईदिनु हुन्छ र यहि फाईदा सबैले उठाउने गरेका छन् ।”

यहि विषयमा धमलाले भने हास्दै भने, “मैले सुरुदेखि नै भन्ने गरेको छु कि पत्रकारितामा कसैको आलोचना गर्न सिकेन भने कोहि सफल हुन सक्दैन त्यसैले मेरो आलोचना गरेकोमा मलाई फरक पर्दैन बरु मैले दुई घण्टा बसेर मनोरंजन लिए । प्रतिस्पर्धीहरुको खुबी देख्दा मलाई खुशी लागेको छ र मलाई आलोचना गर्दा पनि वहाँहरुको खुबी देख्न सकिन्थ्यो ।”

एलिजा गौतमले आफुलाई श्रीमानले पर्याप्त समय दिन नसकेकोमा दुख व्यक्त गर्दै आइरहेकी छिन । यहि विषयमा धमलाले एलिजालाई सम्झाउदै भने, “हाम्रो माया भनेको संगै हुने, टाँसिएर बस्ने मात्र होईन । एलिजालाई केहि पर्दा मैले पर्याप्त समय दिएको हुन्छु र उनलाई माया गरिरहेको छु । माया गर्न संगै हुनुपर्छ भन्ने हुँदैन ।”

कमेडी च्याम्पियनको उक्त शो यो हप्ता कान्तिपुर टिभिमा प्रसारण हुँदै छ । विशाल भण्डारीको निर्देशनमा बनेको उक्त रियालिटी शोले अहिले दर्शक माझ राम्रो चर्चा बटुलिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।