भारतीय निर्देशकको निर्देशनमा बनेको नेपाली गीत सार्वजनिक (भिडियो सहित)

नेपाली सांगीतिक आकाशमा नयाँ फरक फ्लेबरको लोक गीत “म’र्छु कि क्या हो” सार्वजनिक भएको छ । हाल भारतको मुम्बईमा सांगितक र अभिनयको कक्षा लिई रहनु भएको गायिका आश्मी रिसाल र गायक सुरेस शाहीको गीतमा आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पनि सुरेश शाहीको नै रहेको छ ।

यस गीतमा भारतमा नै मोडलिंग र अभिनय गर्दै भारतको बिभिन्न चर्चित टेलिसिरिएल तथा विज्ञापनमा अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा र कलाकार अम्बर सुबेदी लाई फिचर गरिएको छ ।

भारतमा नै बिभिन्न लघु चलचित्र निर्देशन तथा टेलिचलचित्रहरुमा अभिनय गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले यस म्युजिक भिडियोलाई कोरियोग्राफ तथा निर्देशन गरेका हुन । राम्रो संग नेपाली पनि नबुझ्ने निर्देशक सिन्धेले यस गीतलाई निकै राम्रो तरिकाले बनाएका छन ।

सिन्धेले यस गीतको भिडियो निर्माण गर्न आफुले धेरै नै नेपाली गीतहरुको भिडियो हेरेको र त्यस भन्दा फरक बनाउन खोजेको उनले बताए । मेरो पहिलो कोसिस हो यो म्युजिक भिडियो र पहिलो नै गम्भीर छ ।

किनकी मैले नेपाली लोक गीतको भिडियो बनाउने भनेको नै मेरो लागी चुनौती रहेको उनले बताए । रामेश्वर कार्कीको चयन रहेको यस गीतको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।