अब घरबाटै वै देशिक रो जगारीका लागि आवेदन दिन सकिने
काठमाडौं, पुस ७ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाले घरमै बसेर अनलाइनबाट छनोट प्रक्रियाका लागि आवेदन दिन सक्ने प्रणाली सुरु गरेको छ।
यो प्रणालीको परीक्षणसँगै युवाले म्यानपावरमा आएका माग वैदेशिक रोजगार विभागको वेबसाइटमा हेरेर आफूले छनोट गरेको क्षेत्रमा घरबाटै आवेदन दिन सक्नेछन्। यो खबर आजको कारोबार दैनिकबाट लिएका हौं।
एक म्यानपावरले कामदार छनोट गर्ने र अर्काे पूर्वस्वीकृति लिई कामदार छनोट गरी चलखेल गर्ने विकृति अन्त्य गर्न सरकारले यो सेलेक्सन मोडुलर र मागपत्र प्रमाणीकरणलाई अनलाइन प्रमाणीकरणसँग जोडेको हो।


