कमेडी च्याम्पियनमा आजको टप ९ को प्रस्तुती हेर्नुहोस् – भिडियो
काठमाडौं । पहिलो पटक नेपालमा ‘कमेडी च्याम्पियन’ सुरु भएको छ । शो कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने छ ।
‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । विशाल भण्डारीले निर्देशन गरिरहेको ‘कमेडी च्याम्पियन’मा होस्ट रिमा विश्वकर्मा छिन् । ‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् ।

‘कमेडी च्याम्पियन’को आजको शृंखलामा चर्चित पत्रकार ऋषि धमलाको दम्पति अतिथिको रुपमा पुगेका छन् । आजको शृंखलामा प्रतिस्पर्धीहरुले धमलाको क्यारिकेचर गरेको देख्न सकिन्छ ।
आजको कार्यक्रममा धमला दम्पति झण्डै दुई घण्टा बढि बसेर प्रतिस्पर्धीहरुको प्रस्तुति हेरेर धमला दम्पतीले मनोरंजन लिएका छन् । कमेडी च्याम्पियनमा आजको टप ९ प्रस्तुती हेर्नुहोस् – भिडियो


