रामकृष्ण ढकाल भन्छन्,- डि’भोर्स हल्ला मात्रै, हाम्रो बन्धन कहिल्यै म’र्दैन
काठमाडौं, ९ पुस । गायक रामकृष्ण ढकालले आफ्नोबारे गलत हल्ला फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रीमती निलमसँग ‘डि भोर्स’ नभएको उनले बताएका छन् ।
आफ्नो फेसबुक पेजमा स्ट्याटस पोष्ट गर्दै उनले लेखेका छन,- “No matter what others say our bond never d ies” नेपालीमा अर्थ – अरूले जे भन्छन् हाम्रो ब’न्धन कहिल्यै म’र्दैन
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ‘रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भयो’ भनेर जानकारी दिएपछि गायक ढकालसँग टेलिफोनमा संक्षिप्त कुराकानी गरेका छौं :
निलमजीसँग तपाईंको डिभोर्स भएको भन्ने कुरा सत्य हो ?
यो सब झुठो हो, कसरी यस्तो हल्ला फैलियो मलाई थाहा छैन ।
जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदारले त यस्तै जानकारी दिनुभएको छ नि ?
म बुझ्दैछु । म नै अलमलमा परेको छु । डिभोर्स भएको भन्ने कुरा सरासर गलत हो । के रहेछ म बुझेपछि खबर गर्छु नि ।
त्यस्तो केही सम्भावना थियो र ?
त्यस्तो सम्भावनाको कुरा केही छैन । मलाई धेरै जनाले फोन गरेर यसबारे जिज्ञासा राखिरहनुभएको छ । जसले मेरोबारे यस्तो हल्ला चलायो, त्यसविरुद्ध म कानुनी उपचारमा जान्छु ।


