धमला प’त्नी एलिजालाई सन्तोष पन्तको कडा जबाफ,- ‘ऋषि धमला कमेडीयन भन्दा कम देखिन्नन्’ (भिडियो सहित)
काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को नयाँ शृंखलामा केहि दिन अगि चर्चित पत्रकार ऋषि धमलाको दम्पति अतिथिको रुपमा पुगेका थिए ।
उक्त कार्यक्रममा धमला दम्पति झण्डै दुई घण्टा बढि बसेर प्रतिस्पर्धीहरुको प्रस्तुति हेरेर धमला दम्पतीले मनोरंजन लिएका थिए । कार्यक्रमको शुटिङ्ग पश्चात संचारकर्मीसंग कुराकानी गर्दै ऋषि धमलाले खुशी व्यक्त गरेका थिए भने श्रीमती एलिजा गौतमले आफ्नो श्रीमान् माथि मजाक उडाएकोमा निराश व्यक्त गरेकी थिईन । उनले भनेकि थिईन ‘हामी माथी अती नराम्रो शब्द प्रयोग भयो’। यता एलिजाको कुरालाई लिएर सन्तोष पन्त भने आ क्रोशित भएका छन।
एलिजा नयाँ कलाकार भएको र उनले बुझ्न समय लाग्ने भन्दै सुरुमा बुझेर मात्रै बोल्न अनुरोध गरे। कमेडी भन्ने बितीकै अरुलाई खिज्याउने पेसा भएकै हुदा यो पेसासंग रिस राख्नु गलत भएको उनको भनाई छ। अझ थप्दै सन्तोष भन्छन’ऋषि धमला कमेडीयन भन्दा कम देखिन्नन्’ हेरौ लालिगुँराश च्यानलको यो बिशेष कुराकानी


