धनकुटाको पाख्रीवासमा ७ दिने आवसीय कृषि तालिम शुरु
धनकुटा खबर, १० पुष । धनकुटाको पाख्रीवासमा ७ दिने आवसीय कृषि तालिम आजबाट शुरु भएको छ उद्यमी किसान र बेरोजगार युवाहरुलाई बैज्ञानिक कृषि प्रणालीबाट प्रशिक्षित गर्ने उद्धेश्य सहित तालिमको आयोजना गरिएको हो ।

कृषि अनुसन्धान केन्द्र पाख्रीवास धनकुटाको आयोजनामा देशभरिबाट छनोट भएका १६ जना अलैची किसानहरुको सहभागीता रहेको कृषि अनुसन्धान केन्द्र पाख्रिवासले जनाएको छ ।
प्रमुख अतिथी संघिय संसद राजेन्द्र राईले उद्घाटन कार्यक्रमा बोल्दै परम्परागत निर्वाह मुखि खेति गरिरहेका किसानलाई उद्यमी बनाउने उद्येश्यले गरिएको यस्ता तालिमले किसानहरुलाई थप उत्साह मिल्ने र व्यवसायी बन्न प्रेरित गर्ने बताए त्यस्तै कार्यक्रममा बोल्नुहुदै पाख्रिवास नगरपालिकाका प्रमुख विर्षबहादुर राईले राज्यले अलैची किसानहरुको लागि स्पष्ट निति निमार्ण गर्नु पर्ने धारण राखेका थिए ।
कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारका बागवानी अधिकृत कुमारमणि दाहाल किसाहरुले उद्यमी बन्ने संकल्प गरेर अगाडी बढेमा सफल हुने हुदा उद्यमी बन्नतर्फ किसान लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालमा अहिले १२ हजार ५ सय ११ हेक्टरमा अलैचि खेति हुने तथ्यांक छ । तालिम पौस १० गतेदेखि १६ गते सम्म चल्ने कृषि अनुसन्धान केन्द्र पाख्रिवासका बैज्ञानिक तथा तालिमका संयोजक डा.रमेश प्रसाद शाहले जानकारी दिए ।


