मिस वर्ल्डबाट फर्किएपछि मिस नेपाल अनुष्का श्रेष्ठले यसरी सुनाईन आफ्ना अनुभव (भिडियो सहित)
काठमाडौ । मिस नेपाल अनुष्का श्रेष्ठ एकहप्ता अघि मिस वर्ल्डमा सहभागी भएर नेपाल फर्किएकी छिन् । मिस वर्ल्डमा ३ उपाधि हासिल गरे पनि मिस वर्ल्डको ताज भने बाजी मार्न नसकेकोमा आफ्नो दुखि हुनु भन्दा आगामी प्रोजेक्टको बारेमा सोचेको बताईन ।
नेपाल फर्किए संगै अनुष्काले क्यानाडा नेपालका लागि मदन रिजालसंग कुराकानी गर्दै आफुले हासिल गरेको उपाधि देखि मिस वर्ल्डको ताज बाजी नमारे पनि आफ्नो देशलाई संसार सामु केहि हद सम्म चिनाएको भनेर खुशी रहेको बताएकी छिन् ।
आफुले सक्दो कोशिस गरेको तर जित्न गाह्रो भएको अनुभव सुनाईन । स्टेजमा हुँदा आफ्नो नाम टप ५ मा नपर्दा दुखि हुनु भन्दा आगामी दिनमा गर्ने प्रोजेक्टहरुको बारेमा सोचेर खुशी भएको उल्लेख गरेकी छिन् ।

अनुष्का श्रेष्ठले कुराकानीको क्रममा भनिन्,”मिस वर्ल्डमा आएका प्रतिस्पर्धीहरु नेपालको बारेमा परिचित थिए । सबैले माउण्ट एभेरेष्ट देखि गौतम बुद्धको जन्मस्थल भनेर चिन्दा रहेछन् । सबैको नजरमा नेपाल भनेको खुशी देश भनेर बुझेका रहेछन र भ्रमण वर्ष २०२० मा प्रायले आउने चाहना समेत राखेका छन् ।”
आफुलाई पूर्व मिस नेपाल शृंखला खतिवडासंग दाजिएको कुरामा अनुष्काले भनिन्, “मलाई शृंखला दिदीसंग दाजिएकोमा खुशी लाग्छ । शृंखला दिदी मेरो आईडल हुन् र वहाँसंग दाजिएकोमा गर्व लाग्छ ।”


