अर्गानिक कृषी उपज उत्पादनका लागि धनकुटा नगरपालिकाले भरपुर सहयोग गर्ने

धनकुटा खबर, पौष ११ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ले अर्गानिक कृषी उपज उत्पादनका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज देखी धनकुटामा शूरु भएको प्राङ्गारिक उत्पादन तथा बजार व्यवस्थापन सम्बन्धि ५ दिने सैदान्तिक तथा प्रयोगात्मक तालिम उद्घाटन गर्दै उहाँले त्यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

धनकुटा नगरलाई अर्गानिक नगर बनाउने उदेश्यका साथ धनकुटा नगरपालीकाको आयोजनामा सञ्चालित तालिममा वोल्दै उहाँले अर्गानिक उत्पादनका लागि बजारको समस्या नभएको समेत वताउनुभयो ।

धनकुटा नगरपालिका ७ स्थित त्रिवेणी स्कुल स्रोतकेन्द्रमा जारी तालिममा प्राङ्गारिक उत्पादन तथा बजार व्यवस्थापनको बारेमा छलफल हुने जनार्इएको छ । तालिमको सहजीकरण प्रमुख प्रशिक्षक कल्पना तिम्सिनाले गरिरहनु भएको नगरपालिकाका आर्थिक शाखा प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो ।

तालिममा धनकुटा नगरपालिकाका ५,६,७,८,९ नं वडाका २५ जना अग्रज किसानहरुको सहभागिता छ । १,२,३,४ र १० नं वडा का २५ जना कृषकहरुलाई यस अघि नै ५ दिने उक्त तालीम दिइसकिएको नगरले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।