‘ल’भ डायरिज’को गीतमा ‘ट्वी’न्स गर्ल’को अभिनय र कमला घिमिरेको यस्तो दोहोरी (भिडियो सहित)
काठमाडौं । चलचित्र ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक भएको छ । सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘ल’भ डायरिज’को ‘छमछम’ बोलको गीत सोमबार सार्वजनिक भएको हो ।
यस गीतको भिडियोमा ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरमा सजिएको यस गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ ।

गीतको भिडियोमा ‘ट्वीन्स गर्लसँगै अभिनेता सुशील र नवअभिनेत्री रुविना थापा देखिएका छन् । आउँदो फागुन २ गतेबाटपैदर्शनमा आउने तयारीमा रहेको फिल्म लभ डायरिजमा युवा–युवतीबीचको माया–प्रेम र कमेडीमा आधारित रहेको छ ।


