कमेडी च्याम्पियन वि’वाद बारे निर्माताहरु बोले, एकले अर्कालाई रोस्ट गर्दै यसरी र’हस्य खोले (भिडियो सहित)

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्माताहरुले आज कुराकानी गर्दै शोमा आएको विवादहरु बारे विस्तृतमा प्रष्टाएका छन् ।

साथीहरुको ग्रुप मिलेर निर्माण गरेको उक्त शोले अहिले राम्रो प्रतिक्रिया पाईरहेको छ भने सोसल मिडियामा केहि विवाद पनि आएको थियो जब एलिजा गौतमले आफु कार्यक्रममा अपमानित भएको उल्लेख गरेकी थिईन ।

नायिका केकी अधिकारी, निर्देशक विशाल भण्डारी र नायिका रिमा विश्वकर्मा मिलेर कमेडी च्याम्पियन निर्माण गरेका हुन् । कान्तिपुर टिभिमा प्रसारण हुने उक्त शोले अहिले राम्रो चर्चा कमाएको छ भने केहि दर्शकहरुले शोमा धेरै रोस्ट गर्ने र कलाकारहरुको मजाक उडाउने मात्र भयो भनेर समेत प्रतिक्रिया दिएका छन् ।

यहि विषयमा निर्माताहरुले भने, “हामीले राखेका जजहरु देखि पाहुनाहरुलाई सुरुमै कार्यक्रमको बारेमा बुझाएर मात्र शोमा बोलाएका हौँ । हाम्रो शोको सुन्दरता भनेको पनि रोस्ट नै हो र यो नौलो प्रयोग हो नेपालका लागी । अब कसै कसैले तितो प्रतिक्रिया दिनुहुन्छ भने हामीलाई केहि भन्नु छैन तर हामीले सबै बुझाएर मात्र निमन्त्रणा दिएका छौ ।”

यी ३ को दोस्ती पनि गज्जबको छ । कुराकानीका क्रममा एक अर्का बीच भएका रोचक कहानीहरु सुनाएका छन् । कसरी विशाल भण्डारीले हिन्दी चलचित्रबाट प्रभावित भएर चलचित्र बनाउने भन्दै रोस्ट गरे रिमा र केकीले भने रिमा विश्वकर्माको संघर्षका दिनहरुमा जम्मा दुई लुगा लाएर गुजारा चलाउँदै आएको समेत उल्लेख गरिन ।

रिमाको घरमा विशाल खसीको मासु लिएर जाने गरेको पुराना दिनहरु समेत सम्झिदै आफ्नो दोस्तीको किस्साहरु सुनाए । त्यस्तै नायिका केकी अधिकारीसंग महिला सशक्तीकरणको विषयमा घन्टौ सम्म बोल्न र बहस गर्न सक्छिन् भन्दै विशाल भण्डारीले केकीको बारेमा बताए ।

केकी अधिकारी आज मात्र कार्यक्रमको लागी अमेरिका उडेकी छिन् भने रिमा र विशाल कमेडी च्याम्पियनमा व्यस्त रहेका छन् । रिमा विश्वकर्माले ‘नेपाल आईडल’ छोडेर कमेडी च्याम्पियनमा निर्माता सहित होष्टको रुपमा काम गरिरहेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖