कमेडी च्याम्पियन यत्ति छिटो हिट हुन्छ भनेर सोचेकै थिएनौ, धमलालाई रोष्ट गरेको भन्नु स्वाभाविक : सन्तोष पन्त (भिडियो सहित)
काठमाडौ । नेपालको पहिलो रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चर्चा अहिले सामाजिक संजालमा चुलिदो छ । यहि चर्चासंगै जब कार्यक्रमको एक भागमा पत्रकार ऋषि धमलाको दम्पतिलाई बोलाईयो, उक्त भागले गर्दा सामाजिक संजालमा ‘कमेडी च्याम्पियन’ ले केहि विवाद पनि सहनुपर्यो ।
ऋषि धमला र एलिजा गौतमलाई अतिथीको रुपमा बोलाईएको भागमा जब कार्यक्रमको सहभागीहरुले धमलामाथी मजाक उडाउदै आफ्नो प्रस्तुति दिएका थिए, यो शैलीलाई धेरैले रुचाए भने केहीले टिक्का टिप्पणी समेत गरे ।
विशेषत जब धमला कि श्रीमती एलिजा गौतमले कार्यक्रमबाट बाहिर निस्किए पछि आपत्ति जनाएकी थिईन, कार्यक्रमको शैलीमाथि केहि प्रश्न समेत उठ्न थालेको थियो । कमेडी भनेर अतिथिलाई उडाउने र मजाक बनाउने शैली प्रयोग गरेको भनेर सामाजिक संजालमा टिक्क टिप्पणी समेत हुन थालेको छ ।

यो विषयमा कार्यक्रमका निर्माता र निर्देशकहरु भने यो शैली नै फरक शैली हो र दर्शकले बिस्तारी रुचाउनु हुनेछ भन्दै प्रश्टाउदै आएका छन् । यहि विषयमा उक्त शोका एक जज समेत रहेका चर्चित कलाकार सन्तोष पन्त भने आफ्नै शैलीमा भन्छन, “हाम्रो शोको कुनै विवाद छैन बरु हामीले यत्ति छिटो हिट हुन्छ भनेर सोचेका पनि थिएनौ ।
दर्शकहरुले यत्ति धेरै माया गरिदिनु भएको छ कि हामी खुशी र आभारी छौ । राम्रो काम हुँदा केहि नकारात्मक कुरा आउनु स्वाभाविक देख्छु म र यहि भएको होला हाम्रो शोको बारेमा पनि ।”
ऋषि धमलालाई अतिथि बोलाएर प्रतिस्पर्धीहरुले मजाक उडाए भनेर धमलाकी श्रीमती एलिजा गौतमले गुनासो पोख्नु भयो नि भनेर प्रश्न गर्दा सन्तोष पन्त भन्छन्, “त्यो एलिजा जिको सोचको कुरा हो तर ऋषि भाईले त्यस्तो नराम्रो सोचेको छैनन् भन्ने हामीलाई लाग्छ ।
फेरी ऋषि धमलाले आफ्नो कार्यक्रममा अतिथिहरुलाई जे पनि प्रश्न सोध्दा चाही नबोल्ने श्रीमतीलाई हाम्रो कार्यक्रममा प्रतिस्पर्धीले रोष्ट गरेकोमा रिष उठ्यो भने त्यो वहाँको सोचको कुरा हो । यो कार्यक्रमको शैली भनेकै रोष्ट गर्नु हो र प्राय अतिथिहरुले कुनै गुनासो गर्नु भएको छैन ।”


