गुराँसको राजधानी तीनजुरेमा हिउ खेल्नेको ओ’ईरो – भिडियो
तीनजुरे मिल्के जलजले क्षेत्र भन्ने बित्तिकै जो कोहिलाई गुराँसको याद आउने गर्दछ । नेपालमा पाइने ३२ प्रजाती मध्ये २८ प्रजातीका गुराँस फुल्ने यो क्षेत्रमा सिजनमा हजारौ पर्यटक गुराँस अबलोकनको लागि यहा आउने गरेका छन् ।
तर केहि बर्ष यता भने गुराँस मात्र हैन हिउ खेल्नको लागि पनि यो स्थान निक्कै लोकप्रिय बन्दै गएको छ । दैनिक यहा हिउ खेल्न दुइ हजार भन्दा बढि आन्तरीक पर्यटक आउने गरेका छन् । यो सिजनमा यो क्षेत्रमा तिन पटक हिउ परिसकेको छ । भिडियोमा हेर्नुहोस् गुराँसको राजधानी तीनजुरेमा हिउ खेल्नेको ओईरो


