मेडिकल मा’फियावि’रुद्द लड्न प्रकाश चन्दलाई मान्यताको यस्तो साथ – भिडियो सहित

काठमाडौ । चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट प्रकाश चन्द र मान्यता थापाले मेडिकल कलेजमा आर्थिक ना काबन्दी लगाउने चे तावनी दिएका छन् । सरकारले मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आ रोप लाउँदै प्रकाश र मान्यताले मेडिकल मा फिया वि रुद्द ल ड्ने उल्लेख गरेका छन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्दै प्रकाश चन्दले भने, “मेडिकल कलेजले शुल्क फिर्ता नगरे हामी कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं । हाम्रो आर्थिक नाकाबन्दीको सुरुवात चितवन मेडिकल कलेजबाट सुरु गर्दैछौ ।

कलेज प्रशासनले झुठो र फर्जी ष ड्यन्त्रपूर्ण समायोजन गरेको छ र यस वि रुद्द हामी कठोर नाकाबन्दीमा जान लागेका हौ । सरकारले तोकेको र निर्णय गरेको र विधार्थीले मागेको मागहरु लागू नगरी मेडिकल माफियाहरुलाई सरकारले साथ दिएमा हामी कठोर निर्णय लिन वाध्य हुनेछौ ।”

प्रकाश चन्दको चे तावनीलाई मान्यता थापाले साथ र समर्थन दिएकी छिन् । मान्यताले भनिन्, “मंसिर १० गते मन्त्रीपरिषदले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य गरेको थियो जुन अहिले सम्म कार्यवान्यन भएको छैन ।

अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ता खानुपरेको छ । मेडिकल माफियाको हातमा स्वास्थ्य छेत्र हुँदा देशले ठुलो घाटा बेहोर्नु पर्नेछ त्यसैले हामी भविष्यको लागी लड्ने छौ ।”

मेडिकल माफियाहरुको बारेमा जनताहरुले सुनीसके र बुझीसके तर जसले हामीलाई साथ दिनुपर्ने हो उसले नसुने झैं गरे जसले गर्दा ५ महिना देखि हामी संघर्षमा छौ भन्दै मान्यता र प्रकाशले तितो सत्य पोखेका छन् ।

मेडिकल माफियाहरुलाई सरकारले कारबाही नगर्ने र हामी ५-५ महिना देखि आन्दोलनमा छौ भन्दै मान्यताले आ क्रोश व्यक्त गरेकी छिन् । मेडिकल माफियाले नियम नमान्दा सरकार किन चुप रहेको छ भन्दै प्रश्न उठाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।