धनकुटामा एभोकाडो फलभित्रको विऊ दाना पाईदैन्, कारण यस्तो

धनकुटा खबर । पछिलो समय धनकुटामा एवोकाडोको व्यावसायीत खेति सुरु भए संगै यस तर्फ लाग्ने किसानको संख्या बढ्दै गए पछि बजारमा समेत विऊ विनाको एवोकाडो मात्र पाउँन थालेको छ ।

एवोकाडोको विरुवा उत्पादनमा फर्म र किसान लागे संगै विऊ विनाको फल मात्र पाईन थालेको हो । धनकुटाको विहिवारे हटियामा पाकेको एभोकाडो प्रतिकेजी पचास रुपैयामा पाईन्छ तर त्यस भित्रको विऊ भने पाइदैन् ।

विऊ संगैको फल किन्ने भए भने प्रतिकेजी तीन सय रुपैया पर्दछ । एभोकाडोको वेर्नाको माग अत्याधिक वढ्दै गएपछि अहिले कृषकहरुमा नर्सरी व्यवसाय तर्फ आर्कषण वढ्दो छ यहि कारणले पनि आफुले फलाएको एभोकाडोको फलको वीउ आफै उमार्ने उद्येश्यले यस्तो उपाय अपनाइएको हो ।

धनकुटा नगरपालिका वडा नं ३ का कृषक चन्द्रकुमार आठपहरियाका अनुसार एभोकाडोको फल वीउ सहित तीन सय रुपैयामा वेच्दा पनि घाटा हुन्छ त्यसैलेपनि के गर्ने भन्ने उपायको खोजी भईरहेको वेला वीउ वाहेकको फल मात्र वेच्ने गरेको छौ ।

धनकुटा नगरपालिका वडा नं ५ का अर्का कृषक गोविन्द श्रेष्ठका अनुसार एभोकाडोको नर्सरी राख्नका लागि यो भन्दा उत्तम उपाय अरु नहुने वताउनुहुन्छ । धनकुटा नगरपालिका वडा नं ४ का कृषक राजकुमार तामाङ्गका अनुसार पछि आफुले नर्सरी राख्ने वेलामा वीउ पाईन्न त्यसैले पनि वीउको लोभमा फल मात्रको भाउ सस्तैमा राखेर वेच्न शुरुवात गरिएको बताए । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।