विवाह गरेका नायिकालाई खेलाउँदा फिल्म चल्दैन रे ! : रेजिना उप्रेती (भिडियो सहित)

काठमाडौ । नायिका रेजिना उप्रेती अहिले चलचित्रमा भन्दा बढि चलचित्र कलाकार संघको काममा बढी व्यस्त रहेकी छिन । केहि समय अघि नायिकाहरुको सम्मानका लागि भव्य कार्यक्रम समेत आयोजना गरेकी थिईन । आफु चलचित्रमा नायिकाको रुपमा सक्रिय नहुनुको कारण आफ्नो विवाह पनि रहेको बताएकी छिन् ।

रेजिना उप्रेतीको अनुसार जब नायिकाले विवाह गर्छन तब निर्माता निर्देशकहरुले नयाँ नायिका खोज्न थाल्छन जसले गर्दा विवाह गरे पश्चात नायिकाहरु सक्रिय हुन गाह्रो भएको छ । चलचित्र भनेको कन्टेन्टले चल्ने हो तर नेपालमा नायिका र नायकले गरेर चल्ने सोच भएकाले गर्दा नायिकाहरुलाई विवाह पश्चात चलचित्रमा नलिएका हुन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्दै रेजिना उप्रेतीले आफु चलचित्रबाट हराएको छैन बरु आफु कलाकार भएर योगदान गरिरहेको उल्लेख गरेकी छिन् । रेजिना भन्छिन, “मैले चलचित्र नखेले पनि म चलचित्र छेत्र मै योगदान गरिरहेको छु ।

नेपालमा कन्टेन्टमा भन्दा नायिकामा जोड दिने भएर विवाह भएका नायिका लिंदा चलचित्र चल्दैन भनेर हामीलाई चलचित्रमा लिदैनन् । यहाँ विवाह भएका नायिकालाई बिर्सिएर नया नया नायिका खोज्ने चलन छ जुन भविष्यलाई राम्रो होईन । हाम्रो योगदानको पनि कदर गर्नुपर्छ त्यसैले हामीलाई लिएर राम्रो कन्टेन्टको साथ चलचित्र बनाउनु पर्ने हो तर यहाँ नया नायिका मात्र खोज्ने चलन छ ।”

“मलाई चलचित्रमा देखिने रहर भए अहिले पनि चलचित्रमा नायिका बन्न सक्छु तर त्यसरी आएर न मेरो दर्शक खुशी हुनुहुन्छ न मलाई आत्मसन्तुष्टि नै हुन्छ । म राम्रो कन्टेन्ट लिएर आफूलाई चलचित्रमा प्रस्तुत गर्न चाहन्छु र त्यहि कुर्दै बसेकी छु । आशा गरुम म चाडै नै राम्रो चलचित्र लिएर दर्शक सामु आउनेछु ।”

आफुले चलचित्रमा काम गर्दा धेरै संघर्ष गरेको कुरा सम्झिदै रेजिना भन्छिन, “मैले रोमान्टिक देखि एक्सन रोल सम्म गरेकी छु । हाम्रो समयमा नायिकालाई एक्सन रोलमा काम गर्न गाह्रो हुन्थ्यो तर हामीले धेरै दुख गरेर चलचित्र गर्नेगर्थ्यौ जसले गर्दा आज मेरो हातमा दर्जनौ अवस्मरणीय चलचित्रहरु छन् ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖