मिल्ने केटा पाए विवाह गर्न तयार अवस्थामा छु : निता ढुंगाना (भिडियो सहित)

काठमाडौ । नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘कर्मा’ को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् ।

निता दुंगानाले क्यानाडा नेपालसंग कुराकानी गर्दै भनिन्, “मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ । खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन । मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ ।”

नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन र चाडै नै चलचित्र फ्लोरमा लाने तयारीमा जुटेकी छिन् । दुई वर्ष अघि आफ्नो जन्मदिनमा चलचित्र निर्माण गर्ने घोषणा गरेकी निताले अहिले आएर मात्र फ्लोरमा जाने पक्का गरेकी छिन् ।

घोषणा गरेको दुई वर्ष पश्चात मात्र किन बल्ल फ्लोरमा जान लाग्यो भने सोध्दा निता भन्छिन्, “सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो ।

त्यस पश्चात पैसा नि कमि भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन । अहिले आएर सबै कुरा मिलेको छ र चलचित्र फ्लोरमा जाँदैछ ।”

निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।