साउदी अरबमा श्री’मानले कमाएको पैसा र सुन सहित वेप’त्ता भएको भनिएकी प्रमिला सुनौलीमा एक पु’रुषका साथ फेला परिन्

काठमाडौं । एक महिना देखि श्रीमती स म्पर्क वि हिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थाले । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए ।

एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिएको अपुष्ट खबर आएको छ । बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकी प्रमिला सुनार भैरहवा सुनौली बाट एक जना पु रुष संगै भेटिएको अपुष्ट खबर आएको हो ।

नयाँ पत्रिकाका चितवन संवाददाता तथा सिनर्जि एफएममा कार्यरत पत्रकार बिबेक पोखरेलले सो कुरा आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । उनले यो विषयलाई भिडियो र अडियोमा प्राथमिकता दिँदै आएका थिए । उनले आफ्नो फेसवुक स्टाटस मार्फत प्रमिला भेटिएको बारे आफुले सूचना पाएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,प्रमिला सुनौलमा भेटीएको भन्ने जानकारी प्राप्त भयो ।

यो विषयलाई पहिलो पटक मिडियामा उठाउने पनि उनै सञ्चारकर्मी थिए । त्यसपछि अन्य मिडियाले पनि यसलाई प्राथमिकता दिए । उनले सार्वजनिक गरेको भिडियो सिनर्जी एफ एमको पेजमा २० लाख भन्दा धेरैले हेरेका छन।

वैदेशिक रोजगारीमा साउदीमा काम गर्दै आएका पति सन्तोष सुनारको कमाएको पैसा र अन्य कागज सहित दुई बच्चालाई छोडेर प्रमिला गत मंगसिर २४ बाट हराएकी थिइन् । स्रोतको अनुसार प्रमिलाको साथमा एक जना पुरुष पनि फेला परेको बुझ्नमा आएको छ। यद्धपी यसको बारेमा पत्रकारको फेसवुक स्टाटस बाहेक अन्य कुनै आधिकारीक सूचना भने प्राप्त भएको छैन ।

श्रीमती हराएको भन्ने खबर सुनेर बिदेशबाट ईमरजेन्सी भिजामा आएका श्रीमान बिगतका केहि दिनदेखि रुँदै श्रीमतीको खोजीमा लागेका थिए भने उनले सबै मिडियालाई सहयोगको लागि अपिल गरेका थिए।

उनको छिट्टै केहि दिनमा विदेश फर्कन पर्ने बाध्यता रहेको पनि उनले बताएका छन् । उनले मिडियामा अपिल गर्दै सार्वजनिक गरेको जानकारी यस्तो छ । सन्तोषले श्रीमती खोजिदिनु भन्दै यसरी सबैसंग आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।