एक्लै भएपनि पूर्ण छु : रिमा विश्वकर्मा (भिडियो सहित)
काठमाडौ । नायिका तथा मोडल रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘बधाई छ’ अहिले चर्चा बटुलिरहेको छ ।
भिडियोमा रिमाले डि भोर्स भएपश्चातको जीवन निभाएको भूमिकामा देखिएकी छिन । यो भिडियोमा देखाइएको कथा रिमाको जीवनमा समेत मेल खाने कुरा उनले अन्तर्वार्ताका क्रममा उल्लेख गरेकी छिन् ।
पवन गिरिको स्वरमा रहेको ‘बधाई छ’ गितको भिडियोमा रिमालाइ मुख्य मोडलको रुपमा देख्न सकिन्छ । रिमा विश्वकर्माका अनुसार डि भोर्स पश्चातको जीवनको चित्रण यस भिडियोमा गरेकाले गर्दा दर्शकहरुले मलाई रिलेट गर्नुभयो । रिमाले आफुलाई समेत यो रोल अभिनय गर्न सहज भएको बताएकी छिन् । आफुले उक्त पि डा भोगेका कारण यस रोलमा अभिनय गर्न सहज भएको उल्लेख गरेकी छिन् ।
रिमाले भनिन्, “डि भोर्स पश्चात पनि जीवन बेकार हुन्छ भन्नु सोच्नु गलत हो र यहि कुराहरु यो भिडियोमा समेत देखाउन खोजेको छ । मैले पनि डि भोर्सको पि डा भोगेको कारण यो भिडियोमा अभिनय गर्न मलाई सहज भएको थियो ।

कत्ति कुराहरु मैले आफ्नो जीवनको भोगाईसंग रिलेट गरेको छु र दर्शकहरुले समेत रिलेट गर्नुभएकोले पनि होला यो भिडियोलाई मन पराईदिनु भएको छ । डि भोर्स हुनु भनेको दुई जना एकै भएर जीवनको गोरेटोमा हिड्न नसक्नु हो र यहि मेरो जीवनमा समेत भएको थियो । मैले एक्लैले गरेर बन्धन जोडिने होईन र डि भोर्स हुनु भनेको नै जीवनको अन्त्य समेत होईन । म एक्लै पनि पूर्ण छु ।”
रिमा विश्वकर्माको जीवनमा डि भोर्स पश्चात झन् बढि सफलता आर्जन गरेको देखिएको छ । डिभोर्स पश्चात उनि मिडियामा बढि सक्रिय रहेकी छिन् । नेपाल आईडलको होष्टको रुपमा रिमाले लोकप्रियता हासिल गरिन् जुन उनले नायिका भएर गर्न सकेकी थीइनन ।
अझै पनि रिमालाई नायिका भन्दा मोडल र नेपाल आईडलको होष्ट भनेर दर्शकले बढि चिन्ने गर्छन । अहिले रिमा नेपालको पहिलो कमेडी रियालिटी शो “कमेडी च्याम्पियन’ निर्माण तथा होष्ट गरिरहेकी छिन् ।


