अधिकार खोज्दै सत्यराज-स्वरुपराज मिडियामा, अब ‘नेपाल आईडल’ देखि ‘द भ्वाईस’ सम्म ता’निने भए (भिडियो सहित)

काठमाडौ । भजन शिरोमणि भक्तराज आचार्यका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिले आफ्नो बुवाको का’लजयी गीतहरुको अधिकार आफुसंग नभएका कारण अब यस विरुद्द ल’ड्ने भएका छन् ।

अहिले म्युजिक नेपाल कम्पनिले पुराना गितहरु रेडियो नेपालबाट आधिकारिक रुपमा आर्जन नगरि गीतहरुलाई प्रयोग गरि करोडौ कमाएको भन्दै रेडियो नेपाल देखि गायकहरु आवाज उठाउँदै आएका छन् ।

सत्य स्वरुपको पिडा पनि यहि हो कि बुवा भक्तराज आचार्यका गीतहरुबाट म्युजिक नेपाल देखि अरु धेरै संस्थाहरुले कमाईरहेका छन् तर बुवालाई रोयल्टी समेत राम्रो संग दीएका छैनन् । यसरी कालजयी गितहरुमा अरुले कमाएको तर श्रष्टाहरुलाई रोयल्टी नदिएको भन्दै अब बुवाको अधिकारको लागि ल’ड्ने कुरा सत्य स्वरुपले जनाएका छन् ।

क्यानाडा नेपालका लागि मदन रिजालसंग कुराकानी गर्दै सत्य स्वरुपले भने, “हाम्रो बुवाको गितहरु म्युजिक नेपाल सहित केहि संस्थाहरुले अधिकार बिना रेडियो नेपालबाट ल्याएर बिक्रि गरेर आर्थिक आर्जन गरिरहेका छन् तर श्रष्टाहरुलाई भने कुनै खालको आर्थिक सहयोग गरेका छैनन् । हो यहि कुरा विरुद्द हामी आवाज उठाईरहेका छौ ।

म्युजिक नेपाल मात्र होईन अहिले नेपाल आईडल देखि द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोहरुले समेत हामीसंग अधिकार नलिई गित प्रयोग गरेको छन् जुन समेत गलत हो ।”

स्वरुपराज भन्छन, “म्युजिक नेपालले रेडियो नेपालबाट गित ल्याएर गायकहरुसंग गलत तरिकाले सम्झौता गरेको छ । कुनै पनि गित जीवनभरिलाई प्रयोग गर्न पाइन्न तर म्युजिक नेपालले गायकहरुको भावनामा टेकेर त्यस्तो सम्झौता गरेर गितहरुबाट आय आर्जन गरिरहेको छ । अब हामी यो विरुद्द लड्दैछौ र यो लडाई हाम्रो मात्र नभएर सयौं गायकहरुको पिडा हो ।”

सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिले आफ्नो नया गिती संग्रहको तयारीमा रहेका छन् । आफ्नो नयाँ संग्रह आफै लगानी गरेर आफ्नै युट्युबबाट रिलिज गर्ने निधो गरेका छन् ।

आफ्नो गितहरुबाट वर्षौ सम्म अरुले कमाइरहेका छन् तर आफु संग कुनै गितको पनि अधिकार नरहेका कारण अब आउने नयाँ संग्रहहरु आफै लगानी गर्ने निधो गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖