दिपाश्रीले पुजा र आकाशलाई जि’स्काउदा चल्यो स’म्बन्धको चर्चा (भिडियो सहित)
काठमाडौ । पूजा शर्मा र आकाश श्रेष्ठको स’म्बन्धलाई लिएर मिडियामा थरीथरीका गसिपहरु बनिरहेका हुन्छन् । केहि समय अघि एक अवार्ड कार्यक्रममा पूजा शर्मासंग आकाश श्रेष्ठलाई संगै नदेखिए पश्चात यी दुई बीच खटपट रहेको समाचार समेत बनेको थियो । यहि विषयमा आज पूजा शर्मा र आकाश श्रेष्ठ संगै आएर आफ्नो स’म्बन्धको विषयमा प्रष्टाएका छन् ।
‘लुक्स उनिसेक्स सेलुन’ को उद्दघाटन कार्यक्रममा पुगेका पूजा शर्मा र आकाश श्रेष्ठलाई संगै राखेर दुई बिचको ख’टपटको विषय लिएर मिडियाहरुले प्रश्न सोधेका थिए ।
आकाश श्रेष्ठले अग्रसर लिंदै भने, “हामी बीच कुनै खालको खटपट छैन । एक अवार्ड कार्यक्रममा मेरो खुट्टामा समस्या भएकोले जान नसकेको हुँ तर सत्य कुरा नबुझी हाम्रो स’म्बन्धको गसिप बनाएर मिडियामा आएको हो । स’म्बन्ध भनेको मनबाट हुने हो र हामि संगै नदेखिए पनि हाम्रो सम्बन्ध उस्तै सुमधुर छ ।”

पूजा शर्मालाई पल शाहसंग नयाँ फिल्मको गितमा देख्दा कस्तो लाग्यो भनेर आकाशलाई प्रश्न गर्दा उनले मुस्कुराउदै भने, “पल शाहलाइ पूजासंग राम्रो देखिएको छ र फिल्ममा जोडीलाई सुहाएको छ । कत्ति ठाउमा पललाई पूजासंग हेर्दा आफु जस्तै देखिएको छ र खुशी लागेको छ कि पलले मेरो कमि पूजालाई महशुस हुन नदिएकोमा ।”
पूजा र आकाशसंग दिपाश्री निरौला र वर्षा राउत पनि संगै देखिएका थिए । दिपाश्रीलाई पूजा र आकाशको सम्बन्ध र गसिप बारे सोध्दा दिपाश्रीले भनिन्, “पूजा र आकाशको जोडी र गसिप देख्दा खुशी लाग्छ किनकि यी गसिपहरुले झन् रोमाञ्चक बनाएको छ । गसिपहरुले गर्दा पनि स’म्बन्धको महत्त्व बढाइरहेको हुन्छ र यो जोडी चलचित्रमा राम्रो देखिएकोले पनि चर्चा र गसिप बनेको हो ।”


