फेरी बढ्यो सुनको भाउ, हेर्नुस् तोलामा कति ?
काठमाडौं, ३ माघ । दुई दिन ७४ हजार ७ सय प्रतितोलामा स्थिर रहेको सुन शुक्रबार एक सय रुपैयाँले बढेर ७४ हजार ८ सयमा पुगेको छ। यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ।

आज ७४ हजार ५ सयमा तेजावी सुनको कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले बताएको छ। चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ। आज प्रतितोला ८ सय ९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।


